इजरायलमा आम निर्वाचन सम्पन्न, पुन गठबन्धन सरकारको संकेत



Close-up of Israel’s national flag in the wind

जेरुसेलम,(एजेन्सी)
वर्षौंपछि इजरायलमा आयोजना भएके अत्यन्तै प्रतिस्पर्धात्मक आम निर्वाचनमा इजरायलीहरु ले मतदान गर्दैछन् । दक्षिणपन्थि लिकुड पार्टीका नेता तथा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पाँचौं कार्यकालका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।

तर अहिले भ्रष्टाचारको अभियोग खेपिरहेका उनलाई पुर्व सेना प्रमुख बेन्नी गान्तजको कडा चुनौति रहेको छ । मध्यमार्गी ब्ल्यु एन्ड व्हाइट गठबन्धनका अध्यक्ष गान्तजले नेतान्याहुलाई सुरक्षाका प्रमुख विषयबारे चुनौति दिनुका साथै सफा राजनीतिको प्रतिवद्धता जनाएका छन् ।

नब्बेको दशकमा प्यालेस्टाइनीहरुसंग ऐतिहासिक शानित समझौता गराउन सफल इजरायलको लेवर पार्टीले पछिल्ला केहि वर्षमा मतदाताहरुको समर्थन र लोकप्रियता गुमाएको छ ।

इजरायलको १ सय २० सिट रहेको संसद नेस्सेटमा अहिले सम्म कुनै पनि पार्टीले बहुमत प्राप्त गर्न सकेको छैन भने संधै संयुक्त गठबन्धन सरकार बन्ने गरेको छ । मंगलवार रातिै नै मतपरिणाम निस्कन थालेपछि गठबन्धन सरकार बनाउनका लागि वार्ता शुरु हुन थाल्ने बताइएको छ ।

चुनाव पुर्वको अन्तिम मतसर्भेक्षण अनुसार दुईवटा प्रमुुख प्रतिस्पर्धिले वरावर अर्थात ३० सिट जित्ने छन् । तर अझैपनि नेतान्याहुले नै नयाा गठबन्धन सरकार बनाउने संभावना धेरै रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्