मोभोक्सका हेलमेट नेपालमा

0
Shares

काठमाडौं(नेस)
नेपालमा मेभोक्स ब्रान्डका भारतीय हेलमेटको बिक्री–वितरण शुरु भएको छ । सन्धार एमकिन इन्डष्ट्रिजले उत्पादन गरेका मेभोक्स ब्रान्डका भारतीय हेलमेट नेपाली बजारमा सत्यदीप इन्टरनेसनलले नेपालमा भित्रा्एको हो । फुल फेस र ओपन फेस गरी दुई मोडलमा उपलब्ध यी हेलमेटको मूल्य २ हजार ४ सय देखि ४ हजार ८ सय रुपियाँ सम्मका रहेका छन् ।

मेभोक्स हेलमेट ओएक्स १०, ओएक्स ११ र एफएक्स म्याक्स गरी चार भेरिएन्टमा उपलब्ध छ । यी हेलमेटमा यूभी रेजिस्टेन्ट पेन्ट गरिएको छ । त्यसैगरी बर्षात्को मौसमलाई ध्यानमा राखी हेलमेटमा वाटर टाइट इन्टरफेस भाइजर प्रयोग गरिएको छ ।

हेलमेटलाई मजबुत बनाउनका लागि कम्प्याक्ट डिजाइन स्ट्रक्चर प्रयोग गरिएको छ । अगाडिको दृश्य राम्रो देख्न र हेलमेट कोरिनबाट बचाउनका लागि समेत यसमा विशेष व्यवस्था गरिएको छ । राइडरको सुरक्षाका लागि यसमा धेरै फिचरको प्रयोग गरिएको कम्पनीको दावी छ ।

हेलमेटले गुणस्तरको लागि भारतीय सुरक्षा मापदण्ड अनुसारको आईएसआई सर्टिफिकेट प्राप्त गरेको छ भने संयुक्त राष्ट्रसंघको ईसीई सर्टिफिकेट समेत प्राप्त गर्ने प्रक्रियामा रहेको नेपालका लागि आधिकारीक वितरक सत्यदीप इन्टरनेशनलका म्यानेजिङ डाइरेक्टर दीपेन्द्र मिश्रले बताउनुभयो ।