धावनमार्गको स्तरउन्क्तीको काम सुरु

0
Shares

काठमाडौं, नेस
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्गको स्तरउन्क्तीको काम सुरु गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढाले बुधबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्ग र ट्याक्सी मार्गको पुनर्निर्माण कार्यको शुभारम्भ गर्नु भयो । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार २०७५ चैत १८ गतेदेखि २०७६ असार १५ गतेसम्म राति १० बजेदेखि विहान ८ बजेसम्म विमानस्थल बन्द गरेर धावनमार्ग (रनवे) मर्मत गरिने छ ।

आयोजना निर्देशक इन्जिनियर बाबुराम पौडेलले वर्ष अघिनै रनवेको काम परा गरिने गरि काम शुरु गरिएको बताउनु भयो । ‘चाइना नेशनल एरो टेक्नोलोजी इन्टरनेशनल इन्जिनियरिङ कर्पोरेशन’लाई ले १८ महिनाभित्र सम्पन्न हुने गरी सो निर्माण को जिम्म दिईएको छ ।

कार्यक्रममा बोल्दै राज्यमन्त्री बुढाले नेपालको हवाई सेवालाई अझै सुरक्षित र व्यवस्थित बनाउन पनि सो विमानस्थलको धावन मार्ग र ट्याक्सी मार्ग स्तरोन्नतिको कामलाई सुरु गरिएको बतउनु भयो । चिनियाँ ठेकेदार कम्पनीले धावनमार्गको स्तरोन्नतीका लागि ३ अर्ब ७८ करोड रुपियाँमा सम्झौता गरेको छ । करिब ४४ वर्ष पुरानो ३ हजार ५० लामो, ६० मिटर चौडाई भएको धावनमार्गको पहिलोपटक पुरानो पिच फालेर नयाँ पिच गर्न लागिएको हो ।

दैनिक ८० मिटरका दरले धावनमार्गको मर्मत संभार गरिनेछ। काम सुरु गरेको दिनदेखि कम्पनीले रनवे र ट्याक्सी रनवेको काम १८ महिनाभित्र सक्नुपर्ने सम्झौता मा उल्लेख छ । मौसमले साथ दिए समयमै आयोजना सकिनेछ भने मौसम खराव भए समयमा काम सक्न ठेकेदार कम्पनीलाई भने हम्मे हम्मे पर्ने जानकार हरको भनाई छ ।