श्री लालीगुराँस प्रदेश ३ को उत्कृष्ट सहकारी घोषित

0
Shares

ललितपुर (नेस)्
श्री लालीगुरा“स बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले यो वर्षको उत्कृष्ट सहकारी व्यावसाय पुरस्कार–२०७५ प्राप्त गरेको छ । ६२ औ सहकारी दिवसको अवसरमा राजधानीमा आयोजित एक समारोहमा प्रदेश नम्बर ३ मा रहेको सहकारी मध्य उत्कृष्ट घोषणा गरिएको हो ।

राष्ट्रिय सहकारी महांसघद्वारा गठित उत्कृष्ट सहकारी छनौट उपसमितिले सो घोषणा गरेको थियो ।सो पुरस्कार अन्तराष्र्टि«य सहकारी दिवसको दिन जुलाई पहिलो शनिबार प्रदान गरिनेछ ।

सात वटै प्रदेशका सहकारीको व्यावसाय र कारोबार मुल्याङकन गरी सो घोषणा गरिएको महासंघले जनाएको छ । महासंघले सात प्रदेशबाट उत्कृष्ट र एक संस्थालाई छनौट गरेको थियो । महासंघका कार्यकारी संचालक सुरेन्द्र भण्डारीको संयोजकत्वमा प्रदेश सांसद प्रभा कोइराला र पदम दाहाल गरी तीन सदस्यीय छनौट समिति ले सहकारी छनौट गरेको थियो । संयोजक भण्डारीले सो घोषणा गर्नुभएको थियो ।