सैनिक विद्राेह उत्सव प्रतिवन्धित



रियो दि जेनेरो , (एजेन्सी)
ब्राजिलका एकजना न्यायधिशले सन् १९६४ मा प्रजातान्त्रिक सरकार अपदस्थ गर्न भएको सैनिक विद«ोहको स्मरणमा मनाइन लागेको उत्सव माथि प्रतिवन्ध लगाएको छ । राष्ट्रपति जाइर बोल्सोनारोले आइतवार सैनिक शासन शुरुवातका लागि भएको यस वार्षिकी मनाउने योजना बनाएका थिए ।

अति दक्षिणपन्थि राष्ट्रपतिको यो निर्णयको सर्वत्र कडा आलोचना भएको थियो । उनले हालै आफ्नो निर्णयको वकालत गर्दै यो योजना सैनिक शासन प्रारम्भ भएको सम्झनु भन्दा त्यो युग सम्झनु रहेको बताएका थिए ।

तर न्यायधिश इभानी सिल्भा दा लुजले भनेका छन् , ‘ उक्त विद«ोहको ५५ औं वार्षिक उत्सव मनाउनु प्रजातान्त्रिक पुननिर्माण प्रक्रियासंग मेल खाँदैन । यो उत्सव आयोजना गर्ने तिथी राष्ट्रको कंग्रेसले तय गर्नुपर्छ । साठी देखि सत्तरी दशक सम्म चलेको २१ वर्ष लामो उक्त तानाशाही कालमा कम्तिमा ४ सय ३४ जना मानिस मारिएका वा वेपत्ता पारिएका थिए ।

सो शासनकालका कुनै पनि सैनिक अधिकारीलाई कानुनी कारवाही गरिएको थिएन । पुर्व सैनिक क्याप्टेन तथा पुर्व तानशाहहरुको खुलेरै प्रशंसा गर्ने बोल्सोनारो गत वर्षको अक्टोवरमा राष्ट्रपति निर्वाचित भएका थिए । उनी अति राष्ट्रवादी तथा जातिवादी अभिव्यक्तिहरु दिएर विवादमा आउने गरेका छन् ।
केहि समययता यस प्रस्तावित उत्सवको विरुद्ध साव पाउलो र रियो दि जेनेरोमा विरोध प्रदर्शनको आयोजना गर्न सामाजिक संजाल मार्फत व्यापक आव्हान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्