अन्तरिक्ष प्रविधिमा भारतलाई सहयोग जारी राख्ने



वासिंगटन (एजेन्सी)
भारतको मिसन शक्तीको सफलतालाई लिएर अमेरिकाले आफु अन्तरिक्ष तथा प्रविधि विकासमा भारतलाई सहयोग गर्न जारी राख्ने जनाएको छ । यद्यपी अमेरिकाले एन्टी स्याटलाइट मिसाइलको प्रक्षेपणले अन्तरिक्षमा भग्नावशेषको प्रदुषण बढने आशंका ब्यक्त गर्दै त्यसमा निगरानी गरिरहेको बताएको छ ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले भने ( विदेश मन्त्रालयले प्रधानमन्त्री नरेन्द्र मोदीको राष्ट्र्को नाममा सम्बोधन सुनेको र त्यसमा उनले भारतको भुउपग्रह भेदी क्षेप्यास्त्रको सफल परीक्षण गरेको घोषण गरेका थिए ।
प्रवक्ताले एक प्रश्नको जवाफमा भने ( भारतसँग हाम्रा बलियो सामरिक साझेदारीका रुपमा हामी अन्तरिक्ष तथा विज्ञानमा साझा हितका लागि काम गरिरहने छौं । अन्तरिक्षमा सुरक्षालाई लिएर सहकार्य सहित प्राविधिक सहयोग जारी राख्नेछौं ।

अमेरिकी सरकारका लागि अन्तरिक्षमा फैलिरहेको फोहर ठुलो समस्या भएको उनले बताए । भारतले आफनो परीक्षण अन्तरिक्षमा भग्नावशेष नहुने गरी गरेको भन्ने बयानमा अमेरिकाले ध्यान दिइरहेको उनले बताए ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार भारतले अन्तरिक्षमा उपग्रह भेदी क्षेप्यास्त्रबाट एक सक्रिय स्याटलाइटलाई नष्ट पारेको र आफनो नाम अन्तरिक्ष महाशक्तीका रुपमा दर्ता गरेको घोषणा गरेका थिए । भारत यस प्रकारको क्षमता हासिल गर्ने चौथो देश बनेको छ ।

प्रतिक्रिया दिनुहोस्