ब्रक्जिट विवादः सम्झौता पारीत भए राजिनामा दिने मेको प्रतिबद्धता



लन्डन (एजेन्सी)
बेलायतकी प्रधानमन्त्री टेरिजा मेले कन्जरभेटिव पार्टी अर्थात टोरी सांसद समक्ष युरोपेली युनियनबाट बाहिरिन बेक्जिट सम्झौताको समर्थन गरेमा आफुले कुर्सी छोड्ने प्रतिबद्धता ब्यक्त गरेकी छिन् ।

हाउस अफ कमन्समा प्रधानमन्त्री मेको ब्रेक्जिट योजनामा आठ सम्भावित विकल्प विरुद्ध मतदान भइसकेको छ । कुनै विकल्पले मतदानमा बहुमत हासिल गर्न सकेन ।

प्रधानमन्त्री मेको बे्रक्जिट सम्बन्धी सम्झौतालाई संसदले पहिले नै दुई पटक खारेज गरिसकेको छ तर सरकार ब्यवस्थित ब्रेक्जिट सुनिश्चित गर्न विहिबार तेस्रो पटक सम्झौता प्रस्तुत गर्न सक्ने सम्भावना रहेको छ ।

यदि यो हप्ता सम्झौता पारित हुन्छ भने बेलायत मे २२ मा इर्यु छोड्न सक्छ । यदि यसतो हुन सकेन भने अप्रिल १२मा ईयु छोड्नु पर्ने हुन्छ । बेलायत सांसदहरुले ब्रेक्जिट प्रक्रियामा अहं भुमिका निर्वाह गर्ने पक्षमा सोमबार मतदान गरेका थिए ।


टेरिजा मेले टोरी सांसदसँगको वार्तामा भनिन् ( म यो पदलाइ आफनो पुर्व निर्धारित सोच भन्दा अगाडी नै छोड्न तयार छु , यसबाट त्यो काम गर्न सकिनेछ जुन हाम्रो देश र हमारी पार्टीका लागि सही हुन्छ ।

बेलायती प्रधानमन्त्रीले टोरी सांसद ब्रेक्जिट सहमतिमा अर्को चरनको सम्झौताका लागि नेतृत्व उनको हातमा नहोस भन्ने चाहेको आफुलाई थाहा भएको बताइन् । टेरिजा मेले भनिन् , म उनीहरुको मार्गमा बाधा बन्न चाहन्न ।
तर उनले प्रधानमन्त्री पद छोड्ने तिथिका बारेमा कुनै जानकारी दिएकी छैन । उनले टोरी सांसदहरुलाई भनिन् ( हामी यो सहमति गर्नु छ र ब्रक्जिटलाई सम्भव बनाउनु छ ।

आलोचकहरु ब्रक्जिट सहमतिका लागि आगामी चरणको वार्तामा प्रधानमन्त्री टेरिजनको कुनै भमिका होस् भन्ने चाहेका छैनन् । अर्को चरणको वार्तामा दुबै पक्षले दुई पक्षबीच ब्यापारी सम्बन्ध कस्तो हुनेछ, भन्ने तय गर्नेछ । तर यो ब्रेक्जिट सम्झौता संसदबाट पारित भएपछि मात्र सम्भव हुनेछ ।

पुर्व विदेश मन्त्री बोरिस जोनसन सहित केही विरोधीहरुले तत्काल मेको सम्झौताको समर्थन गर्ने प्रतिक्रिया दिएका छन् । उत्तरी आयरल्यान्डको डेमोक्र्याटिक युनियनिस्ट पार्टीले यसको विरोध गरिरहने जनाएको छ । उसले बेलायतका अन्य हिस्साको तुलनामा उक्त प्रान्तलाई लिएर फरक निति राख्ने गरेकोमा चिन्ता ब्यक्त गरेको छ ।

आठ विकल्प संसदबाट अस्विकार भइसकेको छ । बे्रक्जिट मन्त्री स्टिफन बार्कले सांसदसँग यस सम्झौतालाई समर्थन गर्न आग्रह गर्दै नतिजाले मेको सहमति मस्यौदा उत्कृष्ट विकल्प भएको देखाएको बताए ।

प्रतिक्रिया दिनुहोस्