अष्ट्रियामा अति दक्षिणपन्थि समुह प्रतिवनिधत हुने



भियना,(एजेन्सी)
अष्ट्रियाको सरकारले न्युजिल्यान्डको क्रिस्टचर्च शहर स्थित दुईवटा मस्जिदमा केहि दिन अघि पचास जना मानिसको ज्यान जानेगरी भएको आक्रमणका प्रमुख अभियुक्तबाट चन्दा लिएको भन्दै एउटा अति दक्षिणपन्थि समुहमाथि प्रतिवन्ध लगाउने विहिवार जनाएको छ ।

अष्ट्रियाका चान्सलर सेवासियन कुर्जले कतै आइडेन्टिटरियन मुभमेनट अष्ट्रिया ( आइबिओ ) आतंककारी संस्था पो हो कि भन्नेबारे सरकारले अनुसनधान गरिरहेको बताएका छन् । सरकारी वकिलहरुले यस समुहका नेता मार्टिन सेल्नरले मस्जिद आक्रमणकारी अष्ट्रेलियाली नागरिक ब्रेन्टन टारन्टबाट चन्दा स्वरुप १ हजार ५ सय युरो लिएको दावी गरेका छन् ।

सेल्नरले भने चन्दा लिएको स्विकार गरेपनि टारन्टसंग कुन ैअवैध सम्बन्ध नरहेको स्पष्ट पारेका छन् । गोरा अतिवादीको रुपमा चिनिएका २८ वर्षिय टारान्टलाई दुईवटा मस्जिदमा पा्रर्थना गरिरहेका मुशिलम समुदाय माथि अन्धाधुन्ध गोली चलाएको कारण हत्याको अभियाग लगाएर मुद्धा चलाइसकेको छ ।

कुर्जले अष्ट्रियाको समाजमा इस्लामिक होस या कुनै अतिवादी दक्षिणपन्थि समहु होस् कुनै पनि आतंककारी समुहलाई स्थान नरहेको बताएका छन् । कुर्जको आफ्नै कनजेरभेटिभ अष्ट्रियन पिपुल्स पार्टीको अति दक्षिणपन्थि फ्रिडम पार्टीसंग गठबन्धन रहेको छ ।

सरकारमा अति दक्षिणपन्थि समुहको उपस्थिती रहेको अष्ट्रिया पश्चिमी युरोपको एक मात्र मुलुक हुन् । फ्रिडम पार्टीका नेता तथा भाइस चान्सलर हेन्ज क्रिस्चियन स्ट्राचेले बुधवार आइडेन्टिटरियनहरुसंग आफ्नो पार्टीको कुनै सरोकार नरहेको स्पष्ट पारेका थिए । गत साता अष्ट्रियन सरकारले टारान्टले गतवर्षको नोभेम्वरमा पटक पटक अष्ट्रिया भ्रमण गरेको पुष्टि गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्