इन्टरपोलका पुर्व अध्यक्षमाथि कारवाही हुने



बेइजिंग,(एजेन्सी)
अन्तर्राष्ट्रिय प्रहरी संगठन ( इन्टरपोल ) को पुर्व चिनियाँ प्रमुख मेंग होन्गवेइलाई घुस लिएको अभियोगमा स्वदेशमा मुद्धा चलाइने चीनको कम्युनिस्ट पार्टीले बुधवार जनाएको छ ।

पार्टीको पहरेदार अनुशासन अनुगमनका लागि केन्दि«य आयोग ( सिसिडिआइ ) का अनुसार पार्टीबाट पनि वाखास्त गरिएका उनको सम्पूर्ण अन्य सरकारी ओहदा पनि खोसिएका छन् ।

गतवर्षको सेप्टेम्वरमा मेंग अचानक वेपत्ता हुँदा अन्तर्राष्ट्रिय चिन्ता बढेको थियो । फ्रान्सबाट चीन फर्कने क्रममा उनी वेपत्ता भएके उनकी पत्नीले प्रहरी समक्ष उजुरी दिएकी थिइन् । तर स्वदेश फर्कने क्रममा चीन सरकारले अचानक गिरफतार गरेपछि फ्रान्समा वसोवास गर्दै आएका ६५ वर्षिय मेंगले इन्टरपोलको अध्यष पदबाट राजिनामा दिएका थिए ।

गतवर्षको अक्टोवरमा वल्ल चीनले घुस लिएको आशंकामा उनी माथि अनुसनधान हुँदै गरेको जानकारी सार्वजनिक गरेको थियो । चिनिया कम्युनिस्ट सिद्धान्त विपरित उनले आफ्नो पदिय अधिकार र सरकारी कोष दुरुपयोग गरेर परिवारको जीवनशैली विलाशितापूर्ण बनाएको आरोप लगाइएको छ ।

पार्टीले उनको अवैध सम्पत्ति पनि जफत गर्ने जनाएको छ । चिनियाा राष्ट्रपति सि जिन्पिंगको भ्रष्टाचार विरुद्धको दमनकारी अभियान अन्तर्गत कारवाहीमा परेका मेंग कम्युनिस्ट पार्टीका पछिल्ला वरिष्ठ अधिकारी हुन् ।

प्रतिक्रिया दिनुहोस्