स्पेन स्थित उत्तर कोरियाली दुतावासमा छापा



म्याड्रिड,(एजेन्सी)
उत्तर कोरियाली सर्वोच्च नेता किम जोंग उनलाई अपदस्थ गर्न लागि परेको बताइएका एक समुहले गत महिना स्पेन स्थित उत्तर कोरियाली दुतावासमा छापा मार्ने काममा आफ्नो हात रहेको दावी गरेको छ ।

स्वघोषित मानव अधिकारवादी समुह चियोल्लिमा सिभिल डिफेन्स सो दुतावासबाट कम्प्युटरहरु , एउटा फोन र हार्ड डिस्क लिएर भागेको थियो । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र किमबिच भियतनामको राजधानी हनोइमा दोश्रो चरणको ऐतिहासिक वार्ता हुनु केहि दिनअघि मात्र सो घटना घटेको थियो ।

साथै सो समुहले आफुहरुले कुन ैबल प्रयोग नगरेको तथा त्यसलाई आक्रमणको संज्ञा दिन नमिल्ने बताएको छ । तर स्पेनको उच्च अदालतका एकजना न्यायधिशले भने २२ फेब्रअरीमा भएको सो घटनाको दौरान दसजना आक्रमणकारीले दुतावासका कर्मचारीलाई बाँधेर कुटपिट गर्दै सोधपुछ गरेको बताएका छन् ।

तर तिनीहरुले किन दुतावासमा छापा मारेको भन्ने स्पष्ट हुन सकेको छैन । तर चियोल्लिमाले अत्यन्तै जरुरी परिस्थित्ीलाई समवोधन गर्ने क्रममा सो दुतावासमा कारवाही गर्नुपरेको कुरा अनलाईमा लेखेको छ ।
साथै यस समुहले आपसी गोपनियता कायम राख्ने शर्त अनुसार आफुले अमेरिकी गुप्तचर निकाय एफबिआइसंग महत्वपुर्ण सुचना बाँडेको पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्