चीनले तीन सयवटा एयरवस खरिद गर्ने



 

पेरिस,(एजेन्सी)
विमान निर्माण कम्पनी एयरवसले सोमवार चीनलाई ३ सय वटा विमान विक्रिका लागि अर्वाैं अमेरिकी डलर वरावरको सम्झौतामा हस्ताक्षर गरेको छ । संयोगकै कुरा अहिले चिनिया राष्ट्रपति सि जिन्पिंग युरोप भ्रमणमा रहेका छन् भने एयरवसका प्रतिद्वन्द्वी अमेरिकी बोइंग कम्पनीको हालत नाजुक रहेको छ ।
एयरवस र चीनको सरकारी विमान खरिद निकाय चाइना एभिएसन सप्लाइज होल्डिंग कम्पनीबिच यो औपचारिक सम्झौता भएको हो ।

कुटनीतिक भ्रमणको क्रममा यि दुई निकायबिच हुने समझौता नियमित रुपमा प्रमुख खवर हुने गरेको थियो । यसपालिको समझौतामा चीनले २ सय ९० वटा ए३२० – फेमिली जेट र १० वटा ए ३५० वाइड–बडी जेट खरिद गर्ने भएको छ । फ्रेन्च अधिकारीहरुले क्याटलक मुल्य अनुसार सो सम्झौता करिव ३० अर्व युरो वरावरको रहेको स्थानिय संचार माध्यमलाई बताएका छन् ।

विमान निर्माण कम्पनीहरुले प्रायशः आकर्षक छट दिने गर्दछन् । यो चीनको अपेक्षा गरिएको भन्दा ठूलो अर्डर मानिएको छ । सन् २०१७ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ऐतिहासिक बेइजिंग भ्रमणको दौरान पनि चीनले ३ सय वटा बोईंग विमान अर्डर गरेको थियो ।

अमेरिका र चीनबिचको व्यापारिक समबन्ध सुमधुर हुँदै गएपनि बोइंग ७३७ म्याक्स विमान ग्राउन्डेड गरिएकाले तत्काल बोइंग जेट विमानको वयापारको भविष्य अनिश्चित देखिएको छ । तर एयरवस सम्झौता र बोइंग विमान समस्या वा चीन र अमेरिकाबिच केहि समय अघि लदेखिएको तनावको स्थितीबिच प्रत्यक्ष सम्बन्ध रहेको कुनै प्रमाण देखिँदैन ।

यद्यपि चीनको कुटनीतिमाथि विशेष ध्यान दिने विशेषज्ञहरुका अनुसार चीनले विमान खरिद सम्झौता गरेर कुटनीतिक सन्देश दिने गरेको इतिहास रहेको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्