लगातार ४५ दिनसम्म पपजी खेल्दा एक युवकको मृत्यु



एजेन्सी,
भारतमा लगातार ४५ दिन ‘पबजी’ खेल खेल्दा एक युवकको ज्यान गएको छ । भारतको तेलंगाना राज्यका जगतियाल शहरका २० वर्षीय एक युवकको लगातार पबजी खेल्दा ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

अनलाइन भिडियो गेम ‘पबजी’ खेलको समस्यालाई लिएर विश्वभर विरोध भैरहेको छ । तर पनि पबजी खेल खेल्ने मानिसको संख्यामा कमी आएको छैन ।

प्रतिक्रिया दिनुहोस्