‘भारतीय आम चुनावसम्म तनाव यथावत् रहन्छ’



इस्लामावाद, (एजेन्सी)
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतमा आम चुनावसम्म नयाँदिल्ली र इस्लामावादबीचको संघर्ष तनावपूर्ण भइरहने बताए। उनले आफनो पूर्वी छिमेकीबाट ‘थप एक दुस्साहस’को आशंका रहेको पनि बताए।

पुलवामा भारतीय सीआरपीएफ गस्तीमाथि भएको आत्मघाती हमलापछि भारत र पाकिस्तानबीच तनाव बढेको थियो। त्यसको जवाफमा भारतीय वायु सेनाले जैस ए मोहम्मदको ठेगानमा हवाई हमला गरेको थियो। पुलवामा हमलाको जिम्मेवारी पाकिस्तानस्थित जैस ए मोहम्मदले लिएको थियो।

अहिले पनि पाकिस्तान र भारतमाथि युद्धको छायाँ मडराइरहेको बताउँदै इमरानले त्यसको कारण प्रधानमन्त्री नरेन्द्र मोदीको सरकार आम चुनावअगाडि ‘अर्को एक दुस्साहस’ गर्न सक्ने बताए। पाकिस्तान भारतको तर्फबाट हुन सक्ने कुनै पनि आक्रमणलाई रोक्न पहिलेदेखि तयार रहेको उनले बताए। उनले भने– ‘खतरा अहिले नै हटिसकेको छैन। भारतमा आम चुनावसम्म स्थिति तनावपूर्ण रहिरहनेछ।’

आफूले अफगानिस्तान सरकारको चिन्ताका कारण तालिवानसँग इस्लामावादमा आफ्नो प्रस्तावित बैठक रद्ध गरेको पनि प्रधानमन्त्री इमरानले दाबी गरे।

प्रतिक्रिया दिनुहोस्