डेटिंगकाका कारण आमाले छोरी बेचिन्



मस्को (एजेन्सी)
एक आमा आफनो बच्चाको खुसीका लागि आफना सबै खुसी त्याग गर्छिन्, तर रुसमा एक महिलाले आफनो स्वार्थका लागि नवजातलाई जुन ब्यवहार गरे त्यसेल आमा र बच्चाको सम्बन्धलाई लज्जास्पद बनाएको छ ।

बच्चाका कारण आफनो डटिंगमा समस्या आएकोले उनले एक हप्तामात्र पुगेकी आफनी छोरी बेचेकी थिइन् । उक्त घटनामा मस्कोमा प्रहरीले २३ बर्षिया ती महिलालाई गिरफतार गरेको डेली मेलले जनाएको छ ।

उनी बच्चा बेच्न मस्कोबाट उफामा खरिदकर्ताहरुसँग भेट्न आएकी थिइन् । उनीहरुले नै प्रहरीलाई यस विषयमा जानकारी दिएका थिए । उनले बच्चालाई ११ हजार ५ सय १२ पाउन्डमा बेचेकी थिइन् , त्यसपछि खरिदकर्ताले नै प्रहरीलाई यस विषयमा जानकारी दिएको र उनलाई गिरफतार गरिएको अखबारले जनाएको छ । कुनै महिलाले यस प्रकारको कार्य गरेको यो दास्रो घटना हो ।

६ महिना अगाडी ती महिलाले नै आफनी एक बर्षकी जेठी छोरी बेच्ने प्रयास गरेकी थिइन् । यसका लागि उनले आफनी छोरीलाई धर्मपुत्री बनाउने मातापिता खोजीरहेको विज्ञापन दिएकी थिइन् । विज्ञापन देखेपछि मानव तस्करी विरुद्ध लडिरहेको एक एनजीओ सतर्क भएको थियो । एनजीओका एक सदस्यले महिलासँग आफै खरिदकर्ता बताउँदै भेटेका थिए । त्यतिबेला पनि महिलाले उसको डेटिंगमा बच्चा बाधा बनिरहेको र त्यसैले उसलाई बेच्न चाहेको बताएकी थिइन् । यद्यपी महिला पछि बच्चा बेच्नबाट पछाडी हटेकी थिइन् ।

तर ६ महिनापछि नै एजेन्सीले थाहा पाए कि उनी आफनो नवजात बच्चा बेच्न चाहन्छिन् । तर उनी प्रहरीको मद्दतले पक्राउ परिन् । यदि उसको अपराध प्रमाणित भएमा रुसी कानुन अन्तर्गत उनलाई ६ बर्षको सजायँ हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्