बेलायतका पाँच मस्जिदमा आक्रमण



लन्डन, (एजेन्सी)
बेलायतको बर्मिंघम शहरमा पाँच मस्जिदमा हिंस्रक आक्रमण भएको बताइएको छ। बुधबार रातिदेखि बिहीबार बिहानको बीचमा ती हमलाहरू भएको प्रारम्भिक रिपोर्टमा उल्लेख गरिएको छ। मस्जिदको बाहिरी झ्यालमा ठूलो घनले हिर्काइएको प्रहरीले जानकारी दिए। बर्चफिल्ड रोडस्थित मस्जिदमा उक्त हमला मध्यराति करिब साढे २ बजे भएको बताइएको छ।

उक्त हमलाको सूचना प्राप्त भएको ४५ मिनेटपछि समान प्रकृतिको हमला अर्डिंगटनमा भएको सूचना प्राप्त भएको थियो। त्यसबाहेक एस्टन र पेरीमा पनि समान प्रकृतिको हमला भएको प्रहरी अधिकारीहरूले सूचना प्राप्त गरेको बताइएको छ। त्यसैगरी अल्बर्ट रोडमा पनि त्यस्तै हमला भएको बताइएको छ। गृह सचिवले उक्त हमला गम्भीर चिन्ताको विषय भएको बताए। वेस्ट मिडल्यान्डस्का प्रहरीले अहिलेसम्म आक्रमणको उद्देश्य थाहा हुन नसकेको तर अधिकारीले त्यसको कारण थाहा पाउने प्रयास गरिरहेको जानकारी दिएका छन्।

एस्टनस्थित मस्जिद फैजुल इस्लाम मस्जिदका प्रमुख युसुफ जमानले उक्त आक्रमणको जानकारी पाएपछि आफूलाई शुरुमा यकिन गर्न गाह्रो भएको बताए। उक्त हमलाका कारण मानिसहरूमा त्रास फैलिएको उनी बताउँछन्। उनीहरू आफ्ना बच्चाहरूको सुरक्षालाई लिएर चिन्तित रहेको र उनीहरूलाई मस्जिद पठाउन पनि डराइरहेको उनले बताए।

तर यस प्रकारका हमलाले उनीहरूलाई प्रार्थना गर्न रोक्न नसक्नेमा जमानले जोड दिए। उनले भने– ‘हामी आफ्नो प्रार्थना सधैँझैँ गरिरहन्छौं र हामी कुनै पनि मूल्यमा हिंसालाई प्रोत्साहन गर्नेहरूलाई जित्न दिनेछैनौं।’ मस्जिदको वरपर सुरक्षालाई लिएर छलफल गर्न एक भेलाको आयोजना पनि गरिएको उनले बताए। विटन इस्लामिक सेन्टरका प्रवक्ताका अनुसार करिब साढे एक बजे एक व्यक्ति सीसीटीभीमा कैद भएका छन्। ती व्यक्ति मस्जिदमा हमला गरिरहेको अवस्थामा देखिएको उनले बताए।

हमलामा मस्जिलअगाडिको ६ वटा झ्यालमा सबैको सिसा फुटेका छन्। उक्त हमलासँग सम्बन्धित एक भिडियो पनि ट्विट गरिएको छ। हमलाका सन्दर्भमा सांसद जोन कटनले ट्विटमा आक्रमण गर्नेले कुनै पनि मूल्यमा बर्मिंघमलाई विभाजन गर्न नसक्ने बताए।

बृहत् भ्रष्टाचार काण्डको अनुसन्धान गर्ने क्रममा ब्राजिलका पूर्वराष्ट्रपति मिचेल टेमरलाई साओ पावलोमा गिरफ्तार गरिएको छ। पसाले वकिलसमेत रहेका ७८ वर्षीय टेमर सन् २०१६ देखि २०१८ सम्म राष्ट्रपति रहेका थिए।

 

उनीविरुद्ध थुप्रै विषयमा अनुसन्धान भइरहेको छ। तर उनले आफूले कुनै गलत काम नगरेको अडान दोहोर्याउँदै आएका छन्। उनको कार्यकाल सकिना साथ विशेष प्रत्याभूति अधिकार पनि समाप्त भएकाले उनलाई पक्राउ गरिने निश्चित भएको थियो। ‘अपरेसन कार वास’ अभियान अन्तर्गत थुप्रै राजनीतिज्ञ र व्यापारिक नेताहरूलाई विभिन्न अभियोग लगाएर गरिफ्तार गरिएको छ।

 

रियो दि जेनेरोबाट आफ्नो गृहनगर साओ पावलो पुगेका टेमरलाई बिहीबार बिहान गिरफ्तार गरिएको थियो। स्थानीय सञ्चार माध्यमले प्रहरीले उनलाई बुधबारदेखि नै व्यापक खोजी गरिरहेको जनाएको छ।

उनको राष्ट्रपति कालका पूर्वखानी तथा उर्जामन्त्री मोरेइरा फ्रान्कोलाई पनि गिरफ्तार गरिएको छ। वामपन्थी नेता दिल्मा रुस्सेफलाई महाअभियोग लगाइएपछि सन् २०१६ को अगस्टमा मध्यमार्गी दक्षिणपन्थी एमडीबी पार्टीका टेमर ब्राजिलको राष्ट्रपति बनेका थिए। कार्यकालकै समयमै टेमरमाथि लगाइएका भ्रष्टाचारका अभियोग कंग्रेसमा उनको गठबन्धनले शिथिल पारेको थियो।

प्रतिक्रिया दिनुहोस्