भाजपाद्वारा उम्मेदवारको पहिलो सुची सार्वजनिक



नयाँदिल्ली (एजेन्सी)
भारतिय जनता पार्टीले लोकसभा चुनावका लागि आफनो उम्मेदवारको पहिलो सुची जारी गरेको छ । विहिबार साँझ भाजपाका वरिष्ठ नेता तथा केन्द्रिय मन्त्री जेपी नड्डाले पार्टी उम्मेदवारको नाम घोषणा गरेको छ । पहिलो चरणको नाम घोषणामा अनुमान गरिएका भाजपाका कयौं वरिष्ठ नेताहरुको नाम उम्मेदवार सुचीमा परेका छैनन् ।

भाजपाका अध्यक्ष अमित शाह गान्धी नगरबाट चुनाव लड्ने छ । भाजपाका वरिष्ठ नेता लालकृष्ण आडवानी अहिलेसम्म गान्धीनगरबाट सांसद रहेका छन् । सुचीमा आडवाणीको नाम सुचिकृत गरिउको छैन । नड्डाले यस विषयमा केही बताएको छैन तर यसले आडवाणीको नाम काटिएको अनुमान गरिएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीको लोकसभा सिट एक पटक फेरी वाराणसीबाट हुने भएको छ । त्यसैगरी लखनउबाट गृहमन्त्री राजनाथ सिंह, अमेठीबाट स्मृति इरानी, गाजियाबादबाट विदेशमन्त्री जनरल वीके सिंह चुनाव लड्ने छन् ।

मोदीले वाराणसीबाट चुनाव लड्ने

अमेठीमा स्मृति इरानीका प्रत्यासी कांग्रेस अध्यक्ष राहुल गान्धी हुने छ । हेमा मालिनीले मथुराबाटै चुनाव लड्ने छिन् । त्यसैगरी केन्द्रिय संस्कृति मन्त्री महेश सर्मा नोएडाबाट चुनाव लड्ने छन् । उत्तर प्रदेशका सांसद बरुण गान्धी र मनका गान्धीको नाम यो सुचीमा समावेश गरिएको छैन । वरुण सुलतानपुर र मेनका गान्धी पिलिभितबाट सासंद रहेका छन् ।

भाजपाको नजिक मानिएका मेनका गान्धी पिलिभितबाट चुनाव लड्न अनिच्छुक रहेको बताइएको छ । वरुणलाई उनले पिलिभितबाट उठाउन चाहेकी छिन् ।

केन्द्रिय मन्त्री नितिन गडकरी नागपुरबाट चुनाव लड्ने छन् । यसपटकको सिटको बाँडफाँडमा विधानसभा चुनावको परिणामलाई पनि विशेष ध्यान दिएको र प्रदर्शनलाई आधार बनाइएको विशेषज्ञहरुले बताएका छन् । विहार चुनाव क्षेत्रको नाम घोषणा गरिएको छैन ।

विहारमा भाजपा १७ सिटमा चुनाव लड्दैछ । केन्द्रिय चुनाव समितिले बिहारको सबै १७ सिटका लागि नामावलीमा अनुमति दिइसकेको तर विहार एनडिएले ती नाम घोषणा गर्ने जेपी नड्डाले बताएका छन् ।

मायावती चुनाव नलड्ने
यसैबीच बीएसपी प्रमुख मायावतीले यो पटक लोकसभाको चुनाव नलड्ने बताएकी छिन् । उत्तर प्रदेशमा गठबन्धन बलियो बनाउन स्थितिलाई ध्यानमा राख्दै आफु चुनाव नलड्ने निर्णयमा पुगेको मायावतीले बताएकी छिन् ।
आफुले चाहेको भए उत्तर प्रदेशको कुनै पनि सिटबाट लोकसभामा पुग्न सक्ने उनले बताइन् ।

मायावतीले भनिन्– मैले उत्तर प्रदेशबाट ४ पटक लोकसभाको चुनाव जितिसकेकी छु । दुई पटक विधायक भइसकेकी छु । ४ पटक मुख्यमन्त्री बनिसकेकी छु । त्यसैले मैले प्रदेशको कुने पनि सिटबाट मात्र नामांकनका लागि गए पुग्छ, बाँकी सबै मेरा समर्थकले गर्नेछ ।
उत्तर प्रदेशमा गठबन्धनको स्थिति राम्रो रहेको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्