स्कुलबस अपहरण गरी आगो लगाइयो



मिलान,(एजेन्सी)
एकाउन्न जना बिद्यार्थी चढेको एउटा स्कुल बस अपहरण गरेर विहिवार सोही बसका ड्राइभरले सो बस इटालीको मिलान शहर नजिक जलाइदिएका छन् । डोरिले बाँधिएका बालबालिकालाई बसका झ्यालहरु फोरेर उद्धार गरिएको तथा तिनीहर मध्ये कोहि पनि गम्भीर घाइते नभएको प्रहरीले जनाएको छ ।

तर चौधजना बिद्यार्थी धुवाँ निलेका कारण अस्वस्थ हुन पुगेको बताइएको छ । सेनेगल मूलका इटालियन नागरिक ४७ वर्षिय ड्राइभरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ड्राइभरले ‘ कोहि पनि नबाँच्ने’ बताएको प्रत्यक्षदर्शीहरुले जनाएका छन् ।

मिलानका प्रमुख कानुनी अधिकारी फ्रान्सेस्को ग्रेसोले भाग्यले ठूलै मानव नरसंहार हुनबाट जोगिएको प्रतिक्रिया दिएका छन् । सोहि बसमा रहेका एकजना शिक्षकले प्रहरीका अनुसार ओउस्सेनोउ साइ नामक ति ड्राइभर इटालीको आप्रवास नीति र भुमध्य सागर क्षेत्रमा हुने गरेका आप्रवासीहरुको मृत्युलाइ लिएर निकै आक्रोसित रहेको जानकारी दिएका छन् ।

प्रहरी प्रवक्ता मार्को पालिमएरीले भनेका छन् , ‘ उनी बसमा आगोलागाउँद ैगर्दा , ‘समुद«मा मृत्यु रोक्नु पर्छ , म आम हत्या गर्छुं ’ भनी चिच्याएका थिए । ’ सरकारी अधिारीहरुले उनी विरुद्ध आतंकवादको अभियोग लगाइने बताएका छन् । ड्राइभरले बसमा छुरा देखाउँदै तर्साउन थालेको सुचना एकजना बिद्यार्थीले फोन गरी आफ्ना अभिभावकलाई दिएका थिए । ति अभिभावकले प्रहरीलाई खवर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्