गुगलमाथि १ अर्ब ५९ करोड युरो जरिवाना



ब्रसेल्स (एजेन्सी)
युरोपेली संघको एक आयोगले गुगलमाथि प्रतिस्पर्धामा रहेका अनलाइन सर्च इन्जिनका विज्ञापनदाताहरुलाई ब्लक गरेकोमा १ अर्ब ४९ करोड युरो जरिवाना लगाएको छ ।

यो जरिवाना अनलाइन विज्ञापनमा आफनो बलियो स्थितिको दुरुपयोगलाई लिएर लगाइएको हो । कम्पिटिसन कमिसनले दुई बर्ष भित्र गुलगमाथि प्रतिस्पर्धा नियम उलंघन गरेकोमा जरिवाना लगाएको यो तेस्रो पटक हो ।
गुगलको प्यारेन्ट कम्पनी अल्फाबेटले विज्ञापनबाट अर्बौं डलर आय गरिरहेको छ र सन् २०१८ मा विज्ञापनमा यसको कर तिर्नु पुर्वको मुनाफा ३० अर्ब ७० करोड डलर पुगेको थियो ।

युरोपेली संघको प्रतिस्पर्धा आयोगका आयुक्त मार्गरेट वेस्टेजरले गुगलले गरेको कार्य युरोपेली युनियनको एन्टी ट्रस्ट नियम विपरित भएको बताइन् । ब्रसेल्स्मा गुगलको एडसेन्स विज्ञापनको कारोबारलाई लिएर लामो समयदेखि भइरहेको जाँचको परिणामका बारेमा पनि उनले जानकारी दिइन् ।

वेस्टेजरले भनिन्–जाँचबाट गुगलले कसरी एडसेन्स प्लेटफर्मको स्थानमा ब्रोकरको उपयोग गरिरहेका वेबसाइटहरुलाई रोक्नका लाग आफनो बलियो स्थितिको दुरुपयोग गरिरहेको छ भन्ने पत्ता लागेको छ ।

गुगल र उसको मुख्य कम्पनी अल्फाबेटले इयुको प्रतिस्पर्धा विरोधी नियमको उलंघन गरेको आयोगले पत्ता लगाएको छ । कम्पनीले एडसेन्सको उपयोग गर्ने वेबसाइटसँग अनुबन्धमा प्रतिबन्धात्मक निषेधको उपयोग गरेको छ । यसको माध्यमबाट गुगलका प्रतिद्वन्द्वी कम्पनीहरुले आपनो विज्ञापन ती वेबसाइटमा दिन रोकिएका छन् ।

ग्लोबलका अन्तराष्ट्रिय मामिला प्रमुख केन्ट वाकरले भने– स्वस्थ र प्रतिस्पर्धी बजार सबैको हितमा हुन्छ भन्ने हाम्रो सधैँको मान्यता रहेको छ । आयोगको चिन्तालाई ध्यानमा राखी हामीले आफना उत्पादहरुमा ठुलो परिवर्तन गरेका छौं । आगामी केही महिनामा यो परिवर्तन आम जनताको अगाडी हुनेछ ।

गत बर्ष जुलाईमा युरोपेली युनियनको गुगलमा किर्तिमान ४ अर्ब ३० करोड युरो जरिवाना लगाएको थियो । अमेरिकी कम्पनी गुगलले आफनो मोबाइल डिभाइसको रणनिति अन्तर्गत गुगल सर्च इन्जिनको गलत तरिकाबाट र अत्यधिक शक्तिशाली बनाएको आरोप लागेपछि जाँच गरेको र त्यसको आधारमा युरोपेली आयोगले उक्त फैसला लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्