भेनेजुयलाका विपक्षी नेताको सहयोगी अपहरित



काराकास,(एजेन्सी)
भेनेजुयलाका गुप्चर अधिकारीहरुले राजधानी काराकास स्थित एउटा घरमा छापा मारेर विपक्षी नेता हुवाँ गुआइदोका एकजना वरिष्ठ सहयोगीलाई विहिवार हिरासतमा लिएको स्थानिय संचार माध्यमले जनाएको छ ।

आफ्नै निवासबाट हिरासतमा लिएर वेपत्ता बनाइएका आफ्ना प्रमुख कर्मचारी रोवर्टो मोर्रेरोको ततकाल रिहाईका लागि गुआइदोले सरकार समक्ष आग्रह गरेका छन् । मोर्रेरोको घर नजिकको विपक्षी विधायक सेर्गियो भर्गाराको घरमा पनि छापा मारिएको थियो ।

तर उनलाई भने हिराशतमा नलिइएको बताइएको छ । यस घटनाले राजनीतिक समस्यामा फसेका राष्ट्रपति निकाृलस माडुरोको विपक्षी समुह माथि दमन गर्ने अभियानै शुरु भएके संकेत मिलेको छ ।

विपक्षी विधायकहरुको बाहुल्य रहेको राष्ट्रिय सभाको अध्यक्ष रहेका गुआइदोले गत वर्षको मेमा भएके माडुरोको पुननिर्वाचन अवैधानिक भएको आरोप लगाउँदै २३ जनवरीमा आफुलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका थिए ।

उनले मार्रेरोलाई अपहरण गरिएको र उनको घरमा छापा मार्दा दुईवटा राइफल र एउटा ग्रिनेड प्रयोग गरिएको ट्विटरमा लेखेका छन् । विपक्षी विधायक भर्गाराले दुईवटा अपार्टमेन्टमा छापामार्न गुप्तचर निकाय सेविनका चालिस जना भन्दा बढि शसस्त्र अधिकारी परिचालन गरिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्