डुंगा डुब्दा इराकमा सय बढीको मृत्यु



काठमाडौं । इराकको मोसुल शहरस्थित टाइग्रिस नदीमा डुंगा डुब्दा करिब एक सय जनाको मृत्यु भएको छ ।

मोसुल शहरबाट झन्डै चार किलोमिटर टाढा रहेको एक पर्यटकीय टापुमा नयाँ वर्ष मनाउन जानेहरु चढेको डुंगा डुबेको हो । मृतकमध्ये अधिकांश महिला र बालबालिका छन् ।

इराकी अधिकारीहरुले १९ बालबालिका र ६१ महिलाको शव फेला परिसकेको जनाएका छन् । ५५ जनाको जीवितै उद्धार गरिएको छ । डुंगामा २ सयभन्दा बढी सवार रहेको बताइएको छ ।

मोसुल बाँधको ढोका खोलिएका बेला नदीमा पानीको सतह बढेको भन्दै अधिकारीहरुले चेतावनी समेत जारी गरेका थिए । तर, सोही अवस्थामा एउटै डुंगामा ठूलो संख्यामा पर्यटक चढेर गएपछि दुर्घटना भएको बताइएको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्