स्याटलाइट सञ्चालनको जिम्मा दूरसञ्चार प्राधिकरणलाई



नेपाल समाचारपत्र, काठमाडौं ।
पछिल्लो चरण निकै चर्चामा रहेको नेपालको पहिलो भँ–उपग्रह अर्थात ‘नेपाली स्याट वान’ को सञ्चालनको जिम्मा नेपाल दँरसञ्चार प्राधिकरणले पाउने भएको छ । प्राधिकरणको २१औं वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सोमबार सञ्चार तथा सँचना प्रविधिमन्त्री गोकुल बास्कोटाले प्राधिकरणलाई यस्तो अधिकार दिन लागिएको बताउनुभयो ।

‘प्राधिकरणले अर्काे कानुनी व्यवस्था नभएसम्मका लागि नेपालको आफ्नै स्याटलाइटको अपरेटिङ कार्य गर्नेछ । यो प्राधिकरणका लागि सौभाग्यको कुरा हो ।’ मन्त्री बास्कोटाले कार्यक्रममा सुनाउनुभयो । यसको लागि कानुन संशोधन गर्न मन्त्रालय लागि परेको उहाँले बताउनुभयो ।

यो वर्ष प्राधिकरणको लागि निकै भाग्यमानी रहेको मन्त्री बास्कोटाले ठोकुवा गर्नुभयो । उहाँले भन्नुभयो–‘धेरै वर्षदेखि प्राधिकरण भाडाको घरमा रहँदै आएको रहेछ । तर, यो वर्ष प्राधिकरणलाई निकै राम्रो भयो । भनेको बित्तिकै आफ्नै भवन बनाउन जग्गा मिलेको छ ।’
नेपालको पहिलो भँउपग्रह ‘नेपाली स्याट वान

’ आगामी वैशाख ४ मा अन्तरीक्षमा प्रक्षेपण गर्न निर्माण कार्य सम्पन्न गरी प्रक्षेपणका लागि हस्तान्तरण समेत भइसकेको छ ।
त्यस्तै कार्यक्रममा मन्त्री बास्कोटाले प्राधिकरण सञ्चार क्षेत्रको महत्वपँर्ण निकाय रहेको बताउँदै जिम्मेवार भएर काममा लाग्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

एहाँले प्राधिकरणबाट लिएका फ्रिक्वेन्सी वाहकले समयमै नवीकरण नगर्ने, कर बुझाउन आलटाल गर्ने लगायतका व्यवहार देखाए प्राधिकरण टुलुटुलु हेरेर बस्न नमिल्ने धारणा राख्नुभयो ।
कार्यक्रममा प्राधिकरणका कार्यवाहक अध्यक्ष पुरुषोत्तम खनालले देश भरका शहरी र ग्रामीणलगायतका क्षेत्रमा दँरसञ्चार सेवालाई सर्वसुलभ र भरपर्दाे बनाउन प्राधिकरण प्रयत्नरत रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्