विदेशी लगानीले मात्र मुलुक समृद्धि नहुनेमा व्यवसायीको जोड



नेपाल समाचारपत्र, काठमाडौं
दुई तिहाई प्राप्त सरकारले एक वर्ष पँरा गर्दा पनि मुलुकको अर्थतन्त्रमा सुधार नभएको उद्यमी व्यवसायीहरुले बताएका छन् ।

ललितपुर उद्योग वाणिज्य संघको ५२औं स्थापना दिवसको अवसरमा सोमबार आयोजित समारोहमा उद्यमी व्यवसायीहरुले सो कुरा बताएका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शखेर गोल्छाले लगानी गर्र्न बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लिएपछि ब्याजदर बढाउने गरेको बताउँदै त्यसले लगानीमैत्री वातावरणमा प्रतिकँल असर परेको धारणा राख्नुभयो ।
सरकारले विदेशी लगानी भित्र्याउन लगानी सम्मेलन गर्न लागेको जनाउँदै विदेशी लगानीले मात्र मुलुक समृद्धिको दिशामा अघि नबढ्ने पनि वरिष्ठ उपाध्यक्ष गोल्छाको भनाइ रहेको छ ।

‘विदेशी लगानी भित्र्याएर पँर्वाधार निर्माण गरी स्वेदशी पुँजी परिचालन गर्ने लगानी सम्मेलनको लक्ष्य हुनुपर्दछ ।’ उहाँले भन्नुभयो । नयाँ सरकार गठनपछिको एक वर्षमा पनि मुलुकको अर्थतन्त्रमा अपेक्षाकृत सुधार छैन । व्यापारघाटा, शोधनान्तर स्थिति, आर्थिक वृद्धि, रेमिट्यान्स आप्रवाहलगायतका अर्थतन्त्रका परिसँचकहरु अहिले पनि उस्तै नै रहेको भन्दै गोल्छाले विकास खर्च हुन नसकी सरकारी ढुकुटीमा राजस्व जम्मा भइरहने तर बजारमा तरलता अभाव हुने पुरानो रोगको उपचार हुन नसकेको तर्फ सरकारको ध्यानाकर्षणतर्फ गराउनुभयो ।

सार्क चेम्बर अफ कमर्सका उपाध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका पँर्वअध्यक्ष्ँ चण्डिराज ढकालले निजी क्षेत्रसंँग समन्वय र सहकार्य नगरेसम्म मुलुक समृद्धिको दिशामा अघि नबढ्ने बताउनुभयो । निजी क्षेत्रले उठाएको विषयमा सरकार उदासिनता रहेको बताउँदै यस्तो प्रवृतिबाट मुलुक समृद्धिको दिशामा अघि नबढ्ने पनि उहाँको धारणा रहेको छ ।

सो अवसरमा ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनले लगानी सम्मेलनमा छानिएका ६३ परियोजनामध्ये ललितपुरको एउटा पनि नपरेको गुनासो गर्नुभयो । ‘के सयौंको संख्यामा आउने विदेशी लगानीकर्तामाझ प्रस्तुत गर्न सकिने ललितपुरमा एउटा पनि आयोजना छैन त ?’ अध्यक्ष महर्जनले भन्नुभयो ।

‘सरकारले एकातिर लगानी सम्मेलन गर्न तयारी गरिँदैछ र अर्कोतर्फबाट लगानीमैत्री वातावरणमा प्रतिकँल असर पार्ने कानुनहरु बनाउँदै छ । यसले लगानीमैत्री वातावरण तयार गर्दैन ।’ अध्यक्ष महर्जनले भन्नुभयो ।

समारोहको उद्घाटन गर्दै प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले निजी क्ष्ँेत्रको सवाल बारे सरकार र संघीय सांसद्हरुलाई ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

निजी क्षेत्रसंँग समन्वयबिना मुलुक समृद्धिको दिशामा अघि नबढ्ने पनि सभामुख महराको भनाइ रहेको छ । सो अवसरमा सांसद् पम्फा भुसाल, प्रदेश सांसद् माधवप्रसाद पौडेल, संघका वरिष्ठ उपाध्यक्ष भरतलाल जोशी, महासचिव मनोजबहादुर न्याछ्यो लगायतले बोल्नुभएको थियो ।

सो अवसरमा संघले भिमरथारोहण सम्पन्न गरिसकेका संघका पँर्वअध्यक्ष सुभाष गोपाल वैद्य, संंघका जेष्ठ सदस्य एमके मेटल इलेक्ट्रिक उद्योगका प्रोप्राइटर मंगलकृष्ण ताम्राकार, उत्तर पसल (स्टोर) का प्रोप्रााइटर उत्तर गोपाल दुवाल र संघको सदस्यता ग्रहण गरी २५ वर्ष पँरा भएका ९५ वटा फर्मलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्