माउण्टेन हाइड्रोको आइपीओ बाँडफाँड



काठमाण्डौ । आज माउण्टेन हाइड्रो नेपालको प्रथमिक शेयर (आइपीओ) बाँडफाँड भएको छ । निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले आइपीओ बाँडफाँड गरेको हो ।

आइपीओमा आवेदन दिएका सबैले लगानीकर्ताहरुले माउण्टेन हाइड्रोको सेयर पाएका छन् । यो कम्पनीले आयोजना प्रभावितले नकिनेको समेत गरी कुल १८ लाख १६ हजार ११० कित्ता आइपीओ गतफागुन २३ गतेदेखि निश्कासन गरेको थियो । यसमध्ये सर्वसाधारणका लागि १७ लाख ६७ हजार ७९० कित्ता सुरक्षित गरिएको थियो ।

आइपीओमा कुल ५० हजार ९५४ आवेदकबाट ३३ लाख ९६ हजार ३५० कित्ताका लागि आवेदन दिएका थिए । कुल आवेदनमध्ये १६ वटा आवेदन रद्ध भएका थिए ।

माउण्टेनमा ३० कित्ता आवेदन दिने सबै आवेदकले सेयर पाएका छन् । अधिकतम पाउनेले ४० कित्तासम्म हात पारेका छन् । कुल २३ हजार ९ सय ६५ जनाले थप १० कित्ताका दरले सेयर पाएका हुन् ।

आइपीओ बिक्री गरेपछि माउन्टेनको चुक्ता पुँजी १ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ । माउन्टेनले पाँचथर जिल्लामा २१ दशमलव ६ मेगावाटको तल्लो हेवा खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्