निर्मात्री प्रधानविरुद्ध पक्राउ पुर्जी



हालै प्रदर्शनमा आएको फिल्म सय कडा दसकी निर्मात्री राजुमैया प्रधानलाई पक्राउ गर्न प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ।
वैदेशिक रोजगार विभागले उनलाई पक्राउ गर्न सिफारिस गरेअनुसार महानगरीय प्रहरी कार्यालय रानी पोखरीले प्रहरी अपराध महाशाखालाई पत्र काटेको प्रहरी स्रोतले जनाएको छ।

निर्मात्री प्रधानले शोभा शिवाकोटीलाई अमेरिका र युरोपका राष्ट्रमा रोजगार दिलाइदिने प्रलोभन देखाएर २०६७ सालमा १५ लाख रुपियाँ लिई ठगी गरेको आरोपमा विभागमा उजुरी गरेपछि उनलाई पक्राउ पुर्जी जारी गरिएको प्रहरी स्रोतले जानकारी गराएको छ। प्रहरीले उनको खोजी शुरू गरेको छ।

प्रतिक्रिया दिनुहोस्