पूजा नगर मलाई भन्दै छुवाछुतको विरोधमा शर्मिला



मन्दिर छिर्न पाइन्न रे सानो जात,
कुन पापीले गरायो यस्तो घात
भगवान् तिमीले भनेनौ तैंले पँजा नगर मलाई,
भाग्य लेख्ने भावीको छैन दोष तर समाजले खराब पा¥यो मलाई।
एक्काइसौं शताब्दीको आधुनिक युगमा पनि मानवले मानवलाई छिःछिः दुरदुर गर्दै भेदभाव गर्ने चलन अझै कतिपय स्थानमा यथावत छ। सानो जात र ठँलो जातको भेदभाव कायमै छ। जसले गर्दा समाजमा थुप्रै अप्रिय घटना हुने गर्दछ। यिनै विषय वस्तुलाई गीत–संगीतमार्फत उजागर गर्न खोजेका छिन् लोकदोहोरी गायिका शर्मिला श्रेष्ठले।

उनलाई साथ दिएका छन् गायक राजेशकुमार नेपालीले पँजा नगर मलाई बोलको गीतमार्फत।जातीय भेदभाव र छुवाछुतविरुद्ध सचेतनामँलक गीत पँजा नगर मलाईको राजधानीमा एक कार्यक्रमका बीच विमोचन भएको छ। गायिका तथा राष्ट्रियसभाका सांसद कोमल वली, संगीतकार सुरेश अधिकारी र महेश खड्काले विमोचन गरे। विमोचन गर्दै गायिका तथा सांसद ओलीले पँजा नगर मलाई साँच्चै नै मर्मस्पर्शी रहेको बताइन्। समाजमा व्याप्त छुवाछुतविरुद्ध सचेतना जगाउन मद्दत पुग्ने बताइन्।

त्यस्तै संगीतकारद्वय अधिकारी र खड्काले सामाजिक विकृतिविरुद्ध सचेतना जगाउने किसिमका गीतले समाज परिवर्तनमा उल्लेखनीय भँमिका खेल्ने बताए। गीत श्रेष्ठ शर्मिलाको युटुब च्यानलबाट रिलिज भएको हो। शर्मिला र राजेशकुमार नेपालीको स्वरमा सजिएको गीतमा पासाङकुमार लामा ब्लु स्काइको शब्द, राजेशकुमार नेपालीको संगीत तथा विनोद बाजुरालीको संगीत एरेन्ज रहेको छ।यसको म्युजिक भिडियोमा समाजमा व्याप्त कुरीति कुसंस्कारलाई प्रस्तुत गरिएको छ। उपल्ला भनिएका जातिलाई तल्लो भनिएका जातिलाई हेयको भावले गरिने व्यवहारलाई गीतमा यसरी उजागर गरिएको छ।

प्रतिक्रिया दिनुहोस्