डिप्रेसन विरुद्ध नयाँ स्प्रे बजारमा आउने



वासिंगटन,(एजेन्सी)
अमेरिकी औषधि नियनत्रण निकायले डिप्रेसनको उपचारका लागि नाकमा स्प्रे गर्ने नयाँ औषधिको बिक्रिका लागि अनुमोदन गरेको छ । यस औषधि उत्पादन कम्पनी जानस्सेनले एस्केटामाइन नामक यसको प्रयोगले २४ घन्टा भित्रै बिरामीको मुड ठीक गर्ने दावी गरेको छ ।

पहिले बजारमा पाउने दुई प्रकारका एन्टि डिप्रेसेन्ट औषधिले काम नगरेका बिरामीहरुका लागि बलियो विकल्पको रुपमा यो औषधि निर्माण गरिएको हो । ति पुराना औषधिलार्इ आफ्नो प्रभाव देखाउन हप्तौं लाग्ने गरेको थियो ।

तर समिक्षकहरुले स्प्राभाटोको नामले बिक्रि गरिने यो औषधिको पुर्ण परिक्षण नगरिएको गुनासो गरेका छन् । यो स्प्रेलाई सबैभन्दा पहिले खाद्यान्न तथा औषधि प्रशासन ( एफडिए )को परामर्श समितीले गत फेब्रुअरीमा अनुमोदन गरेको थियो । यसकको एक मात्राको मूल्य ८ सय ८५अमेरिकी डलर तोकिएको छ ।
जानस्सेनले जारी गरेको एक विज्ञप्तिमा जनाइएको छ , ‘ यो औषधि डिप्रेसन विरुद्ध उपचार गराइरहेका वयस्कहरु र आत्महत्या गर्ने विचचारबाट जोगाउनका लागि निक सहयोगी सिद्ध हुने छ । ’

प्रोज्याक जस्ता परम्परागत एन्टि डिप्रेसेन्ट औषधिले मस्तिष्कमा थप सेरोटोनिन उपलब्ध गराई स्नायु कोषहरुमा सन्देश प्रवाह गराउने गरेको छ । सेरोटोनिनले राम्रो भावना , मुड र निँद«ाका लागि प्रभावकारी मानिन्छ ।

त्यसको विपरित एस्केटामाइनले सिकने र सम्झने कार्यसंग सम्बन्धित रसायनिक पदार्थ ग्लुटामेटलाई लक्षित गरेको छ र यो पदार्थ सामान्य मस्तिष्क संचालनका लागि अत्यावश्यक मानिन्छ । योस्प्रे नाकको मार्फतबाट रक्त प्रवाहमा पुग्दछ र यो संगै बिरामीले अर्को एन्टिडिप्रेसेन्ट चक्की पनि खानु पर्दछ ।

येल डिप्रसन्ट रिसर्च प्रोग्रामका निर्देशक तथा मनोचिकित्सक गेरार्ड सनाकोराले यसको उपचार निकै उपयोगी हुने कुरामा आफुलाई कुनै शंका नरहेको बताएका छन् । विश्व स्वास्थ संगठनका अनुसार विश्वभरि करिव ३० करोड मानिस डिप्रसनको शिकार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्