छोराको शिक्षक तर्साउने प्रहरीको फन्दामा



फ्लोरिडा,(एजेन्सी)

अमेरिकाको फ्लोरिडाको वेस्ट पाम बिचमा आफ्नो छोराको बिद्यालयमा गोली भरिएको एके ४७ ह्यान्डगन लिएर पुगेका एक व्यक्तिलाई प्रहरीले गिरफतार गरेको छ । क्रिष्टोफर फ्रिम्यान नामक ति व्यक्ति आफ्नो छोरालाई संजाय दिने शिक्षकलाई तर्साउन बन्दुक बोकेर बिद्यालय पुगेको बताइएको छ ।

मायामि हेराल्डका अनुसार सोमवार अपरान्ह करिव तीनबजे उनका छोराले रुन्दै फोनगरी आफुलाई शिषकले घद्धेटेको गुनासो फ्रिम्यानलाई गरेका थिए । एकजना सहायक प्रिन्सिपलले कल रोकन खोज्दा फ्रम्यानले सबैलाई मारिदिने धम्की दिएका थिए ।

त्यसको एक घन्टापछि आफ्नो व्हिलचियर ठेल्दै बन्दुक सहित उनी छोरोको ब्द्यिालयमा पुगेका थिए । बियर लेक्स मिडिल स्कुलमा गएर उनले धम्काउन थालेपछि तत्काल घटनास्थलमा पुगेको प्रहरीले उनका ेखानतलाशी लिन खोज्दा शुरुमा उनले आनाकानी गरेका थिए ।

तर प्रहरीले बल प्रयोग गरी जाँच गर्दा उनको साथबाट ३० राउनड म्यागाजिन सहितको हतियार फेला परेको थियो । पछि उनले प्रहरी समक्ष वयान दिने क्रममा आफुले एक वर्ष अघि एकजना साथीसंग खरिद गरेको सो बन्दुक प्रतिरक्षाका लागि बोक्ने गरेको बताएका थिए ।

साथै उनले बिदलयमा बन्दुक लान नपाइने कुरा आफुलाई थाहा नभएके तथा कसैलाई हानी पु¥याउने आफ्नो लक्ष नरहेको पनि बताएका थिए । उनलाई ७५ हजार अ‍ेमरिकी डलर जमानतमा रिहा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्