न्युजिल्यान्डका मस्जिद आक्रमणकारीलाई अदालतमा पेश



अकल्यान्ड,(एजेन्सी)
न्युजिल्यान्डका दुईवटा मस्जिदमा शुक्रवार ४९ जना मानिसको ज्यान जाने गरी भएको भएका आक्रमणका प्रमुख आशंकित व्यक्तिलाई शनिवार अदालतमा पेश गरिएको स्थानिय संचार माध्यमले जनाएको छ ।

सेतो पोशाक र हतकडी लगाएर अदालतमा लयाइएका २८ वर्षिय अष्ट्रेलियाली नागरीक ब्रन्टन टार्रान्टलाई हत्याको अभियोग लगाइएको छ । उनी विरुद्ध अन्य थप अभियोगहरु पनि लगाइने अनुमान गरिएको छ ।

न्युजिलयान्डका प्रधानमन्त्री जासिन्दा आर्डनले टारान्टसंग हातहतियार बोकने अनुमति पत्र रहेको र उनीसंग पाँचवटा बन्दुक रहेको जानकारी दिएकी छिन् । साथै आर्डनले यस दुखद घटनाको कारण बन्दुक सम्बन्धी प्रचलित कानुन परिवर्तन गर्नुपर्ने महशुस गराएको पनि जनाएकी छिन् ।

यस घटनाको सिलसिलामा अन्य दुइजनालाई पनि हिरासतमा लिइएको छ । तिनीहरुको विगतमा कुनै आपराधिक अभिलेख नरहेको बताइएको छ । यत अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मोर्रिसनले टार्रान्टलाई ‘ अतिवादी , दक्षिणपन्थि , हिंसात्मक आतंककारी ’ को संज्ञा दिएका छन् ।

क्रिस्टचर्चको अदालतमा संक्षिप्त सुनुवाईका ेक्रममा चुपचाप बसेका टारान्टलाई पुन ५ अप्रिलमा अदालतमा उपस्थित गराइने न्यायिक सुत्रले जनाएको छ । उनलाई आफुलाई लगाइएको अभियोग विरुद्ध अपिल र्ने अनुमति दिइएको छैन ।

अदालतका न्यायधिशले आरोपित व्यक्तिका ेतस्वीर र भिडियोमा अनुहार नचिन्ने बनाउन आदेश दिँदै यसले उनको निष्पक्ष मुद्धा अधिकारलाई संरक्षण गर्ने बताएका छन् । आर्डनले यस आक्रमणलाई आतंककारी आक्रमणको संज्ञा दिँदै सरकारी अधिकारीहरुले अझै मारिनेहरुको सनाखतका लागि काम गरिरहेको बताएका छन् ।

आर्डनल ेभनेकी छिन् , ‘ आक्रमणकारीले प्रयोग गरेका बन्दुकहरु मोडिफाई गरेरिएका देखिन्छन् । उनको कारमा टन्न हतियार रहेको आधारमा उनी आक्रमणलाई निरन्तरता दिन चाहन्छन् भन्ने पुष्टि हुन्छ । ’

शनिवार आयोजित पत्रकार सम्मेलनमा आर्डनले उनले सन् २०१७ का ेनोभेमवरमा बन्दुक बोकन ेलाइसेन्स लिएको र यसैकै आधारमा उनले आक्रमणमा प्रयोग गरका हतियार हरु खरिद गरेको जानकारी दिएकीछिन् ।

न्युजिल्यान्डका महान्यायाधिवक्रा डेविड पार्करले सरकारलाई अर्ध स्वचालित हातहतिया माथि प्रतिवन्ध लगाउनेबारे सोच्न आग्रह गरेका छन् । विगतमा बन्दुक माथि कडा कानुन बनाउन गरिएको सरकारी पहल असफल हुन पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्