चालू खाता घाटा बढ्यो



नेपाल समाचारपत्र, काठमाडौं
चालँ आर्थिक वर्षको सात महिनामा चालँ खाता घाटा विस्तार भई १ सय ६६ अर्ब २४ करोड रुपियाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १ सय ४२ अर्ब ९ करोड रुपियाँ रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सात महिनामा १ अर्ब ३८ करोड रहेको चालँ खाता घाटा समीक्षा अवधिमा १ अर्ब ४६ करोड पुगेको छ । समीक्षा अवधिमा शोधनान्तर स्थिति ४९ अर्ब ३२ करोडले रुपियाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १८ अर्ब २८ करोडले रुपियाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको सात महिनासम्ममा १७ करोड ९१ लाखले रुपियाँ घाटामा रहेकोमा समीक्षा अवधिमा ४३ करोड ३० लाख रुपियाँले घाटामा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ७ अर्ब ४३ करोड रुपियाँ र प्रत्यक्ष वैदेशिक लगानी ५ अर्ब १५ करोड रुपियाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १० अर्ब ६४ करोड रुपियाँ र प्रत्यक्ष वैदेशिक लगानी १४ अर्ब ३४ करोड रुपियाँ नेपाल राष्ट्र बैंकद्वारा चालँ आर्थिक वर्षको सात महिनाको आर्थिक तथा वित्तीय विवरण सावर्जनिक गरिएको प्रतिवेदनमा उल्लेख छ ।

२०७५ माघ महिनामा उपभोक्ता मुद्रास्फीति हिमालमा ५ दशमलव ३ प्रतिशत, काठमाडौं उपत्यकामा ५ दशमलव २ प्रतिशत, पहाडमा ४ दशमलव ९ प्रतिशत र तराईमा ३ दशमलव ४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति क्रमशः ५ दशमलव ४ प्रतिशत, ४ प्रतिशत, ५ दशमलव १ प्रतिशत र ५ दशमलव ६ प्रतिशत रहेको थियो ।

२०७५ माघ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४ दशमलव ४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ५ प्रतिशत रहेको थियो । राष्ट्र बैंकले जारी गरेको ७ महिने वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदमा उल्लेख गरिएको छ ।

२०७५ माघ महिनामा खाद्य तथा पेय पदार्थ समँहको मुद्रास्फीति २ दशमलव ५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त समँहको मुद्रास्फीति ४ प्रतिशत रहेको थियो।

२०७५ माघ महिनामा गैरखाद्य तथा सेवा समँहको मुद्रास्फीति ५ दशमलव ८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्रास्फीति ५ दशमलव ८ प्रतिशत नै रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्