अफगानिस्तानमा थप ५० लडाकू मारिए


अफगानिस्तान ।
अफगानिस्तानको पश्चिमी क्षेत्रमा भएको सुरक्षा कारबाहीका क्रममा कम्तीमा ५० जना तालिवानी लडाकू मारिएका छन् ।

देशको बाडघिस प्रान्तमा पर्ने बाला मुर्घाब जिल्लामा गत चौबीस घण्टामा भएका घटनामा परी उनीहरु मारिएको अधिकारीहरुले शनिबार जनाएका छन् ।

सरकारी पक्षले जारी गरेको वक्तव्यका अनुसार उनीहरुले लडाकूका आश्रयस्थल तोडफोड गरिदिएका छन् ।

घटनाका बारेमा सरकारी पक्षले विस्तृत विवरण दिएको छैन भने तालिबान लडाकूका तर्फबाट पनि कुनै प्रतिक्रिया आएको छैन ।
रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।