सम्पुर्ण ७३७ म्याक्स विमान ग्राउन्डिड



वासिंगटन,(एजेन्सी)
बोइंग कम्पनीले इथोपियन एयरलायन्सको हालै दुर्घटनाग्रस्त भएको आफ्नो एउटा विमान सम्बन्धी प्राप्त केहि जानकारीको आधारमा विश्वभरि नै आफ्नो सम्पुर्ण ७३७ म्याक्स विमानको उडान रोक्ने निर्णय गरेको छ ।

अमेरिकी विमान निर्माण कम्पनीले आफ्ना सम्पुर्ण ३ सय ७१ वटा विमान ग्राउन्डिड गर्ने जनाएको छ । अमेरिकाको संघिय उडयन प्रशासन ( एफएए ) ले प्राप्त पछिल्लो प्रमाण र प्रशोधित भूउपग्रह तथ्याँकका अनुसार अस्थायी रुपमा ति जेट विमानमा प्रतिवन्ध लगाउने निर्णय भएको बताएको छ ।

यस अघि अन्य राष्ट्रहरुले यस विमान माथि प्रतिवन्ध लगाउँदा एफएए मौन रहेको थियो । आइतवार इथोपियन एयरलायन्सको विमान दुर्घटना हुँदा त्यसमा सवार सम्पुर्ण यात्रु र चालकदलका सदस्य गरी कूल १ सय ५७ जनाको ज्यान गएको थियो ।

विहिवार प्राप्त सो दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स फ्लाइट रिकडर्स विश्लेषणका लागि फ्रान्सको राजधानी पेरिसमा पठाइएको छ । इथियोपियन एयरलायन्सले दुर्घटना अनुसनधान ब्युरोको नेतृतवमा रहेको इथियोपियाली प्रतिनिधिमन्डलले अनुसन्धानका लागि फ्लाइट डाटा रिकर्डर र ककपिट भ्वाइस रिकर्डर पेरिस लगेको टिवटरमा लेखेको छ ।

एफएएको एउटा टोलि पनि राष्ट्रिय पारवहन सुरषा बोर्डसंगै इथियोपियाली एयरलायन्स दुर्घटनास्थलमा अनुसन्धानमा जुटेको छ ।

प्रतिक्रिया दिनुहोस्