एसियन लाइफ इन्स्योरेन्स र गण्डकी विकास बैंकबीच सम्झौता



काठमाडौं, (नेस)
एसियन लाइफ इन्स्योरेन्स कम्पनी र गण्डकी विकास बैंकबीच जीवन बीमा सेवासम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा एसियन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठ र गण्डकी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले हस्ताक्षर गर्नुभएको छ ।

अब गण्डकी विकास बैंकको ७७ वटा शाखाबाट समेत एसियन लाइफले प्रचलनमा ल्याएको सावधिक र म्यादी जीवन बीमा योजना गरी २० वटा जीवन बीमा योजना खरिद गर्न सकिनेछ ।

एसियन लाइफ इन्स्योरेन्स कम्पनीले ११४ वटा कार्यालयहरुबाट जीवन बीमा सम्बन्धी सम्पँर्ण सेवाहरु प्रदान गरिरहेको छ । पुस मसान्तसम्म यस कम्पनीको जीवन बीमा कोष १५ अर्ब १२ लाख रुपियाँ रहेको छ । ५ अर्ब रुपियाँ अधिकृत पुँजी रहेको कम्पनीले चुक्ता पुँजी २ अर्ब पु¥याउनको लागि निकट भविष्यमा ६० प्रतिशत हकप्रद शेयर जारी गर्न बुक क्लोज समेत गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्