देवः विकास बैंकबाट एभरेष्ट इन्स्योरेन्स सेवा पाइने



काठमाडौं, (नेस)
देवः विकास बैंक र एभरेष्ट इन्स्योरेन्स कम्पनीबीच बैकासुरेन्स सेवा प्रदानसम्बन्धी सम्झौता भएको छ । देवः विकास बैंकका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठ र एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

सम्झौताबाट बैंकका ग्राहकले एभरेष्ट इन्स्योरेन्सका विभिन्न प्रकारका बीमा सेवा प्राप्त गर्न, बीमा शुल्क भुक्तानी गर्न, बीमा लेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा प्राप्त गर्न सक्नेछन् । सो सेवा देवः विकास बैंकका सम्पँर्ण शाखाबाट उपभोग गर्न सक्ने व्यवस्था मिलाइएको बंैकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्