शंकर ग्रुपद्वारा विद्यार्थीलाई पुरस्कार



काठमाडौं, (नेस)
शंकर गु्रपअन्तर्गतको भगिनी संस्था जगदम्बा स्टिल्स् प्रालिले कम्पनीको सामाजिक उत्तरदायित्वअन्र्तगत चौथो पटक इन्जिनियरिङ अध्ययन संस्थानमा पुरस्कार तथा प्रमाणपत्र वितरण समारोह आयोजना गरेको छ ।

उक्त कार्यक्रममा रुकेश गुसाईंलाई सम्मानस्वरुप शंकरलाल अग्रवाल गोल्ड मेडलसहित ५१ रुपियाँको चेक प्रदान गरिएको छ । उहाँ इन्जिनियरिङ अध्ययन संस्थाको शैक्षिक क्षेत्रमा उत्कृष्ट नतिजा प्राप्त गरी वि.सं. २०७५ सालमा क्याम्पस टपर हुनुहुन्छ ।

उक्त समारोहको प्रमुख अतिथि डा. सुधा त्रिपाठी हुनुहुन्थ्यो भने क्याम्पस प्रमुख इन्जिनियर जनार्दन भट्ट र विशेष अतिथि शंकर गु्रपका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर आनन्द नेपाल र सिनियर ब्रान्ड म्यानेजर निरजमान बानियाँको पनि उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्