प्राधिकरणलाई रेडियोको जग्गा



काठमाडौं, (नेस)
सरकारले खुमलटारमा रहेको रेडियो नेपालको ४२ रोपनी जग्गा नेपाल दँरसञ्चार प्राधिकरणलाई उपलब्ध गराउने निर्णय गरेको छ ।

उक्त जग्गावापत सरकारी दररेट अनुसारको रकम मन्त्रालयको सहमतिमा नेपाल दँरसञ्चार प्राधिकरणले रेडियो नेपाललाई उपलब्ध गराउने निर्णण भएको बिहीबार मन्त्रिपरिषद्को बैठकको विषयमा जानकारी दिन आयोजित पत्रकार भेटघाटमा सञ्चार तथा सँचना प्रविधि मन्त्रालयका मन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो । यसरी प्राप्त हुने रकम रेडियो नेपालले सञ्चार तथा सँचना प्रविधि मन्त्रालयको सहमतिमा पँुजीगत खर्च गर्ने र सरकारी दररेटवापतको रकम सञ्चार मन्त्रालयको सहमतिमा प्राधिकरणले रेडियो नेपाललाई दिने निर्णय पनि गरेको मन्त्री बास्ँकोटाले बताउनुभयो ।

सरकारले रेडियो नेपाललाई मोही कायम गरिएको ललितपुृर जिल्लाकै खुमलटारस्थित १ सय १८ रोपनी जग्गामा सँचना प्रविधि सम्बन्धी उद्योग वा व्यवसाय स्थापना गर्नको लागि सँचना पार्क स्थापना गर्ने समेत निर्णय भएको मन्त्री बाँस्कोटाको भनाइ थियो । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकको बिहीबार जानकारी गराईएको हो ।

प्रतिक्रिया दिनुहोस्