सुख्खा बन्दरगाहको विवाद अझै टुंगिएन



काठमाडौं, (नेस)
चोभारमा निर्माणाधीन सुख्खा बन्दरगाहको विवाद टुंगोमा पुग्न सकेको छैन । स्थानीयबासीको चर्को विरोधका कारण बन्दरगाहको काम अगाडि बढ्न सकेको छैन ।

बन्दगरगाह निर्माणस्थलमा हिमाल सिमेन्ट उद्योग हुँदादेखिको कर्मचारीको समस्या, जग्गाको समस्या, वातावरणीय प्रभावलगायतका स्थानीयले उठाउँदै आएका विषयप्रति सरकारले सम्बोधन गर्न चासो नदेखाएपछि बन्दरगाह निर्माणमा स्थानीयले विरोध गरेका हुन् ।

सुख्खा बन्दरगाह निर्माणका लागि विश्व बैंकको सहयोग निर्माण गर्न लागिएको सो आयोजनाका लागि पहिलो चरणको कामका लागि भने सान्छी– आशिष जेभी भरतपुरलाई १ अर्ब २८ करोड १० लाख ५० हजार ६ सय २४९ मा ठेक्का दिएको छ ।

त्यस्तै दोस्रो चरणको काम लुम्बिनी, कोशी एन्ड न्यौपाने जेभीले पाएको २० करोड १४ लाख ८७ हजार ३८ रुपियाँमा ठेक्का पाएको छ ।

प्रतिक्रिया दिनुहोस्