होन्डा नेपाल ड्रिम कप सम्पन्न



काठमाडौं, (नेस) नेपालमा पहिलोपटक होन्डाले ‘होन्डा नेपाल ड्रिम कप २०१९’ रेसिङ च्याम्पेनसिप आयोजना गरेको छ । सडक दुर्घटनालाई कम गर्ने उद्देश्यले होन्डाले रेसिङका लागि उत्साहित राइडरलाई आफ्नो स्किल देखाउनका निमित्त सुरक्षित मञ्च प्रदान गरेको छ ।

अन्तर्राष्ट्रिय स्र्पोटिङ कोड, नेपाल अटोमोबाइल स्पोर्टस् एशोसियसन, नेपाल मोटरसाइकल फेडेरेसनअन्तर्गत आयोजित यस च्याम्पेनसिप फर्माटमा आधारित थियो । उक्त फर्माटअन्तर्गत राइडरलाई रेस स्थानअनुसार अंक दिइएको थियो । सबैभन्दा बढी अंक संकलन गर्ने राइडरले शिर्ष स्थान प्राप्त गरेका थिए । उक्त च्याम्पियनसिप होन्डा गरी २ विभिन्न भागमा विभाजित गरिएको थियो ।

यस च्याम्पियनसिपमा ३ राउण्ड रहेको थियो । पहिलो राउण्डमा ३७ जना प्रतियोगीहरुको सहभागिता रहेको उक्त च्याम्पियनसिपको दोस्रो राउण्डमा ४१ जना र अन्तिम राउण्डमा २९ जना सहभागीको सहभागिता रहेको थियो भने कुल ३ राउन्डमा ९ सय जनाभन्दा बढीको संख्यामा दर्शकहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्