माछापुच्छ्रे  बैंक र सिटिजन लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता



 

काठमाडौं, (नेस)
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले माछापुच्छे« बैंकसँग बैंकासुरेन्स सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा माछापुच्छे« बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले हस्ताक्षर गरेका हुन् ।

जीवन बीमाप्रति आम सर्वसाधारणको धारणामा सकारात्मक परिवर्तन ल्याई बीमाको सेवा तथा योजनामा सहज पहुँच उपलब्ध गराउन सफल सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी र हरेक नेपालीमाझ बैंकिङ साक्षरता अभिवृद्धि गर्दै सहजताका साथ भरपर्दो बैंकिङ सेवा दिँदै आएको माछापुच्छे« बैंकबीच भएको यो सम्झौताले ग्राहकवर्गका लागि थप सुविधा प्राप्त हुने विश्वास दुवै कम्पनीले लिएका छन् ।

सम्झौता अनुसार ग्राहकहरुले माछापुच्छे« बैंकका सबै शाखाबाट सिटिजन लाइफ इन्स्योरेन्सको जीवन बीमालेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी गर्न लगायत सम्पँर्ण जीवन बीमा सेवा प्राप्त गर्न सक्नुहुनेछ । ग्राहकवर्गको सुरक्षा र निश्चिन्तताको लागि सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नेपालमै पहिलोपटक ल्याएको सिटिजन जीवन सारथी र क्रिटिकल केयर प्लस जस्ता नवीन तथा नौलो योजनाले ग्राहकहरुको मन जित्न सफल भएको छ । जीवन सारथी योजना अन्तर्गत बीमितले ९० वर्षको उमेरसम्म पैसा पाउने छन् भने क्रिटिकल केयर प्लसमार्फत बीमितले सर्वाधिक २० घातक रोगविरुद्ध औषधि–उपचार खर्च प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्