चैत दोस्रो साताबाट रेलमार्फत सामान ओसार्न नपाउने



नेपाल समाचारपत्र, वीरगन्ज
चैतको दोस्रो सातादेखि नेपाली आयातकर्ताले कोलकाता बन्दरगाहलाई ढुवानी गन्तव्य तोकेर ल्याइएको कन्टेनर रेलमार्फत नेपाल ओसार्न नपाउने भएका छन् । समुद्रपार व्यापारमा१५ फेब्रुअरीदेखि ईसीटीएस कार्यान्वयनमा ल्याएर नेपालका लागि आउने कन्टेनरमा भारतको कोलकाता बन्दरगाहमा भन्सार प्रक्रिया हटाइएको थियो ।

अनलाइन प्रविधि लागँ भएपछि पनि ‘सीआईएफ कोलकाता’ उल्लेख गरेर मालसामान आउनेक्रम नरोकिएपछि बन्दरगाह भन्सारले यस्तो समय सीमा तोकेको हो ।

चैत १७ पछि सीआईएफ कोलकातामा अनलोड भएका कन्टेनर रेलमार्फत ढुवानी हुने छैनन् । कोलकातास्थित नेपाली महावाणिज्यदँत एकनारायण अर्यालले चैत १७ गतेसम्म बन्दरगाहमा अनलोड भएका कन्टेनर आयातकर्ताले भन्सार प्रक्रियामार्फत लैजान सक्ने सहमति भएको बताउनुभयो ।

नेपाली अधिकारी र कोलकाता बन्दरगाहका पदाधिकारीबीच फागुन २७ गते कोलकातामा भएको छलफलमा यस्तो सहमति भएको महावाणिज्यदँत अर्यालले जानकारी दिनुभयो । कोलकाता सीआईएफका कन्साइन्मेन्ट बन्दरगाहमा थुप्रिन थालेपछि महावणिज्यदँतावासले निकासको विकल्पमा पहल थालेको थियो । ईसीटीएस लागँ भइसकेको अवस्थामा यस्ता कन्टेनर कसरी ढुवानी गर्ने भन्ने विषयमा प्रक्रियागत अन्योल भएको थियो ।

अहिले कोलकाता बन्दरगाहमा यस्ता कन्टेनरको संख्या साढे ३ सयभन्दा बढी पुगेको अर्यालले बताउनुभयो । ईसीटीएस लागँ भएपछिको अवस्था बुझ्न उद्योग वाणिज्य तथा आपँर्ति मन्त्रालयका अधिकारीहरू कोलकाता पुगेका थिए । सहसचिव रविशंकर सैंजँ, महावणिज्यदँत अर्याललगायत अधिकारीले कोलकाता भन्सारका अधिकारी, बन्दरगाह सञ्चालक, सिपिङ एजेन्सीलगायत सरोकारका पक्षसित छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्