‘जहाज मर्मतको जिम्मा लुफ्थान्सालाई नै दिनु’



काठमाडौं, (नेस)
संघीय संसद्को सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमका जहाज एयरबस ए ३३०–२०० र एयरबस ए ३२० मर्मतका लागि न्यँन बोलकबोल गर्ने कम्पनीलाई छनोट गर्न निर्देशन दिएको छ ।

समितिको सोमबार बसेको बैठकले न्यँन बोलकबोल गर्ने जर्मनीको लुफ्थान्सा कम्पनीले छनोट गर्न निर्देशन दिएको हो । यसअघि सो कमपनीले पेश गरेको प्रस्तावमा जहाजको इन्जिन मर्मतसम्बन्धी सेवा समेट्न नसकेको भन्दैर निगमले अर्को कम्पनी एजे वाल्टेर युकेलाई छनोट गरेको थियो ।

निमगको जहाज मर्मत गर्न न्यँन बोलकबोल गरेको लुफ्थान्सा कम्पनीले पेश गरेको प्रस्ताव थप मितव्ययी देखिएको समितिको निष्कर्ष छ । उक्त कम्पनीको प्रस्ताव समावेश गर्दा सार्वजनिक खरिद ऐन, २०६३, सार्वजनिक खरिद नियमावली, २०६४ र निगमको आर्थिक विनियमावलीअनुरुप रहेको देखिएको हुँदा उक्त कम्पनीले गरेको प्रस्तावलाई पुनःमँल्यांकन गरी बोलपत्र प्रक्रियालाई निरन्तरता दिन समितिले निर्देशन दिएको हो ।

त्यसैगरी एयरबस ए ३२० जहाजको इञ्जिन मर्मतसम्बन्धी बोलपत्रमा निगमको आर्थिक विनियमावली, २०६५ को २२३ बुँदामा उल्लेख गरिएको व्यवस्था विशेष परिस्थितिमा मात्र लागँ हुने भएकाले नियमित प्रक्रियामा सार्वजनिक खरीद ऐन र यसले निर्धारण गरेको प्रक्रिया नै आकर्षित हुने हुँदा बोलपत्रमार्फत नै प्रतिस्पर्धाबाट नै छनोट गर्नु उत्तम भएको समितिले ठहर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्