शिवम सिमेन्टस्को सीईओमा देवकोटा नियुक्त



काठमाडौं, (नेस)
शिवम सिमेन्टस्ले प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सजन देवकोटालाई नियुक्त गरेको छ । देवकोटालाई शिवम सिमेन्टस् लिमिटेडको कम्पनी सञ्चालक समितिको ५१औं बैठकले २०७५ साल चैत्र १ गतेदेखि लागँ हुने गरी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

देवकोटाले विगत २२ वर्षदेखि नेपालको विभिन्न उद्योग तथा मल्टिनेशनल कम्पनीहरुको व्यवस्थापकीय कार्य अनुभव हासिल गर्नुभएको छ ।उहाँ चार वर्षदेखि शिवम सिमेन्ट्मा आबद्ध रहनु भएको थियो ।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत देवकोटा लामो समयदेखि नेपालका विभिन्न उद्योग तथा मल्टिनेशनल कम्पनी जस्तै नेस्टले इण्डिया लिमिटेड, नेपाल लिभर लिमिटेड, वरुण विभरेज नेपाल प्रालि, नेबिको बिस्कुट लिमिटेड, चौधरी ग्रुप नेपाल प्रालि र शिवम सिमेन्टस्मा विभिन्न क्षेत्रको व्यवस्थापकीय कार्य अनुभव हासिल गरेका कुशल व्यवस्थापक रहेको कम्पनीले जनाएको छ ।
देवकोटाको कार्यकालमा कम्पनीले थप उचाई प्राप्त गरी नेपालको क्लिंकर तथा सिमेन्ट उद्योगको जगतमा शिवम सिमेन्टको सबै कोणबाट अग्रस्थान कायम राख्न सदा सफल हुने कम्पनीले विश्वास लिएको छ ।

शिवम् सिमेन्ट लिमिटेड सन् २००९ देखि हेटौंडामा स्थापित भई अत्याधुनिक जर्मन प्रविधियुक्त प्लान्टबाट आफ्नै चुनढुंगाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवम् प्लस सिमेन्ट उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ । साथै शिवम् सिमेन्टस् हालै सर्वसाधारणमा प्रिमियम मँल्यमा शेयर जारी गर्ने निजी क्षेत्रको पहिलो पब्लिक लिमिटेड कम्पनी बनेको छ ।

प्रतिक्रिया दिनुहोस्