विद्युत् संकलन विनियमावलीप्रति महासंघको ध्यानाकर्षण



काठमाडौं, (नेस)
नेपाल विद्युत प्रधिकरणबाट विद्युत् संकलन विनियमावली २०७३ अनुसार विभिन्न उद्योगी व्यवसायीलाई गरिएको पत्राचार र जारी गरिएको बिलबाट उद्योग व्यवसाय सञ्चालनमा ठँलो समस्या पर्न गएको भन्ने गुनासोप्रति नेपाल उद्योग महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

उक्त विनियमावली अनुसार २० घण्टा वा सोभन्दा बढी समय ट्रंक प्रसारणबाट डेडिकेटेड सरहको प्रसारण सुविधा लिनका लागि छुट्टै सम्झौता गर्नुपर्ने व्यवस्था रहेकोमा सम्झौताबिना विद्युत् सेवा प्रवाहनै नगरी प्राधिकरणबाट एकै प्रकृतिको विद्युत् सेवा लिनेहरूलाई फरकफरक दरमा महशुल असुल गरिंँदा उद्योगी व्यवसायीको संविधानप्रदत्त हक समेत हनन हुन जाने भएकाले अविलम्व थप बिलिङ नगर्न÷नगराउन महासंघ अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्