मेगा बैंकका ग्राहकलाई ह्याम्स अस्पतालमा छुट



 

काठमाडौं, (नेस)
मेगा बैंक नेपालका ग्राहकलाई काठमाडौंको मण्डिखाटारमा रहेको ह्याम्स अस्पतालले विशेष छुट दिने सहमति भएको छ । मेगा बैंक नेपालका सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र ह्याम्स अस्पतालका अध्यक्ष आर एस भण्डारीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

मेगा बैंकका ग्राहकलाई अस्पतालले स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने सम्झौता पत्रमा उल्लेख छ । सम्झौताअनुसार मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकले ह्याम्स अस्पतालमा कुल बिलको १० प्रतिशतसम्म छुट पाउनेछन् ।

यसैगरी, औषधि खरिद गर्दा ५ प्रतिशतसम्म छुट दिने अस्पतालले जनाएको छ । आकस्मिक रुपमा सडक तथा हवाईबाट उद्दार गर्नुपरेमा मेगा बैंकका ग्राहकहरुलाई अस्पतालले प्राथमिकता दिने भएको छ ।

ह्याम्ससँगै मेगा बैंकका ग्राहकलाई नर्भिक, ग्राण्डी, स्टार अस्पताल, गोल्डेन, ग्रिनसिटी, उच्चता, बयोदा, चिरायुलगायतका अस्पतालमा छुटका लागि यसअघि नै सम्झौता भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्