नेप्सेको सिस्टममा सधै समस्या



नेपाल समाचारपत्र, काठमाडौं
नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सिस्टममा गडबडी हुँदा आइतबार शेयर कारोबार पँरा समय हुन सकेन । सिस्टममा समस्या हुँदा साताको पहिलो दिन आइतबार करिब पौने दुई घण्टामात्रै कारोबार भयो ।

यस दिन १२ बजेर ४१ मिनेटसम्म कारोबार भए पनि तत्पश्चात नेप्सेमा कारोबार हुन सकेन । सामान्यतया विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म कारोबार हुने नेप्सेमा आइतबार भने हुन सकेन । विगतमा प्रणालीमा खराबी आएपछि रोकिने गरेको बजारमा समय थप हुने गरेको थियो । तर, आइतबार नेप्सेले कारोबार समय थप गरेन । नेप्सेमा लामो समय छलफल भए पनि अन्ततः कारोबार नपन्ने निर्णय गरेको नेप्सेका प्रवक्ता मुरारी पराजुलीले बताउनुभयो ।

ब्रोकरले कारोबार गर्ने म्याचिङ इन्जिनमा लग इन हुन नसकेपछि कारोबार रोकिएको थियो । दिनभर समस्या समाधान हुन नसकेपछि आइतबारको कारोबार रोकिएको हो । आइतबारको समस्या गम्भीर रहेको भन्दै अनलाइन प्रणाली जडान गर्ने कम्पनी वाईकोसँग नेप्सेले स्पष्टीकरण सोधेको छ ।
प्रणालीमा सुधार नभइरहेको सन्दर्भमा सोमबारको कारोबार के हुन्छ भन्ने अन्योल रहेको बताइएको छ ।

आधा समयभन्दा कम कारोबार भएको दिन नेप्सेमा सामान्य अंकको सुधार भएको छ। दोहोरा अंकल घटेकोे बजारमा सुधार भएसँगै सिस्टममा खराबी आएको थियो । कुल १४० कम्पनीको ९ करोड ३८ लाख रुपियाँ ३ लाख २२ हजार २४२ कित्ता शेयर किनबेच भएको थियो । कारोबार भएका १० वटा समँहमध्ये ४ वटामा समँह बढेका छन् ।

त्यस्तै आइतबार नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी १ करोड २३ लाख रुपियाँभन्दा बढीको कारोबार भएको छ । यता पटक–पटक अनलाइन सिस्टममा आएको खराबीप्रति लगानीकर्ताले असन्तुष्टि जनाएका छन् । आइतबार शेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्याल, नेपाल इन्भेस्टर्स फोरमका कोषाध्यक्ष अञ्जीव तुलाधर, शेयर लगानीकर्ता दबाब समँहका अध्यक्ष हरि ढकाल र नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोख्रेलले विज्ञप्ति जारी गदेै आपत्ति जनाएका हुन् ।

उनीहरुले अनलाइन कारोबारमा दोहोरिएको समस्याका बारेमा छानविन गरी दोषीमाथि कारबाही गर्न मागसमेत गरेका छन् । चार महिना अगाडिबाट शुरु भएको अनलाइन कारोबारमा पटक–पटक समस्या दोहोरिँदै आए पनि समाधान हुन सकेको छैन ।

 

प्रतिक्रिया दिनुहोस्