नबिल बैंक र युके एड् सक्षमबीच साना तथा मझौला उद्यमीका लागि बैंकिङ सेवा दिन सम्झौता



काठमाडौं, (नेस)
नबिल बैंकले नेपालमा साना तथा मझौला उद्यमीका लागि बंैकिङ सेवा अभिवृद्धि गर्नको लागि साना तथा मझौला उद्यमी लक्षित रणनीति तर्जुमा तथा कार्यान्वयन गर्नका लागि युके एड् सक्षम एक्सेस टु फाइनान्ससंँग सहमतिपत्रमा हस्ताक्षर गरेको छ। उक्त कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र सक्षमका टिम लिडर निर्मल दाहालले सहमति पत्रमा हस्ताक्षर गर्नु भएको थियो।

यसको साथै नबिल बैंकले यो साझेदारी परियोजनाअन्तर्गत साना उद्यमी लक्षित, नबिल सजिलो कर्जाको समेत प्रारम्भ गरेको छ। सक्षमसँंगको यो साझेदारीले ग्राहकका आवश्यकतालाई केन्द्र बिन्दूमा राख्दै र उत्कृष्ट अन्तर्राष्ट्रिय अभ्यास अवलम्बन गर्दै बैंकको साना तथा मझौला उद्यमीप्रतिको आस्थालाई अभिवृद्धि गर्ने उदेश्य लिएको छ। नबिल सजिलो कर्जा योजनामा ४ करोड रुपियाँसम्म व्यापारको आकार भएका र १ करोड ५० लाखसम्म ऋण आवश्यकता भएका साना तथा मझौला उद्यमी लक्षित गरी साढे १० प्रतिशत ब्याज दरमा उपलब्ध हुनेछ। साथै यो योजनामा निःशुल्क कारोबार सूचक सेवा, निःशुल्क मासिक बैंक ई–स्टेटमेन्ट र व्यवसायका सञ्चालकलाई निःशुल्क क्रेडिट कार्ड जारी गर्ने जस्ता सुविधा उपलब्ध हुनेछन्। उक्त कर्जा योजनामा ग्राहकले सम्पूर्ण कागजात पेश गरेको पाँच कार्य दिनभित्र बैंकले कर्जा प्रदान गर्नेछ।

साझेदारीले उद्यमशीलताको विकास र आर्थिक तथा व्यावसायिक वृद्धिका लागि साना तथा मझौला उद्यमी लक्षित योजना नबिल सजिलो कर्जा सार्वजनिक गर्न पाउँदा ज्यादै नै हर्षित छांै,’ कार्यक्रममा बोल्दै नबिल बैकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले बताउनुभयो। त्यस्तै सक्षमका टिम लिडर निर्मल दाहालले भन्नुभयो–‘साना तथा मझौला उद्यमीको मर्म तथा आवश्यकतालाई मध्यनजर गर्दै नेपाली बंैकिङ क्षेत्रले साना तथा मझौला व्यवसायप्रति आमुल परिवर्तन ल्याउन नबिल बैंकले महत्वपूर्ण भूमिका निभाउने कुरामा हामी विश्वस्त छौं।

प्रतिक्रिया दिनुहोस्