यामाहा एक्सटीजी १२५ अब नेपालमा



काठमाडौं, (नेस)
नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले अफरोड मोटरसाइकल यामाहा एक्सटीजी १२५ नेपालमा सार्वजनिक गरेको छ। ‘मे योर ओन रोड’ अर्थात् ‘आफ्नो बाटो आफैं बनाउनुस्’ नारा सहित सार्वजनिक गरिएको एक्सटीजी १२५ पहिलोपटक नाडा अटो सोको पछिल्लो संस्करणमा प्रदर्शन गरिएको थियो। नयाँ मोटरसाइकलको मूल्य तीन लाख ९९ हजार नौ सय रुपियाँ तोकिएको छ।

‘नेपालमा अफरोड सेग्मेन्टको उल्लेखनीय विस्तार भइरहेको छ। हामी यामाहा लाइनअपमा अफरोड मोटरसाइकललाई पनि ल्याउन चाहन्थ्यौं। हामीलाई विश्वास छ यामाहा एक्सटीजी १२५ सबैभन्दा उत्तम विकल्प हो,’ एमएडब्लु इन्टरप्राइजेज यामाहा डिभिजनका प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवी शाहले भन्नुभयो–‘हामीलाई आशा छ नयाँ मोटरसाइकलले नेपाली बजारमा यामाहाको अफरोड मोटरसाइकलको मागलाई सम्बोधन गर्नेछ।’ यामाहा एक्सटीजी १२५ मा १२४ सीसीको एअर कुल्ड, फोर स्ट्रोक, सिंगल सिलिन्डर ९एसओएचसी० इन्जिन रहेको छ जसले ७५ सय आरपीएमा अधिकतम् १० दशमलव २ पीएस पावर र ५५ सय आरपीएममा अधिकतम् ९ दशमलव ९ एनएम टर्क उत्पन्न गर्छ। यो कार्बुरेटेड मोटरसाइकलमा ५ स्पिडको गियर बक्स र एयर कलिङ सिस्टम र इलेक्ट्रिक तथा किक स्टार्ट उपलब्ध छ। एक्सटीजी १२५ मा १० दशमलव ६ लिटरको फ्युल ट्यांक छ।

एक सय १८ किलो तौल भएको एक्सटीजी १२५ को ग्राउन्ड क्लेरेन्स २६० एमएम छ जसले ढुंगा, खोला र अफरोड बाटोको यात्रालाई अझ रोमाञ्चक बनाइदिन्छ। त्यसैगरी, सिट हाइट ८४० एमएम रहेको छ। यसको अगाडि टेलिस्कोपिक सस्पेन्सन छ भने पछाडि मानोक्रस सस्पेन्सन रहकेोछ। अगाडिको ह्वील २१ इन्चको छ भने पछाडिको १८ इन्चको रहेको छ। एक्सटीजी १२५ मा सेमी–रग्ड टायर, हेलोजिन हेडल्याम्प, फ्रन्ट डिस्क ब्रेक र स्पोर्टी ग्राफिक्ससहितको प्लास्टिक प्यानेल रहेका छन्। साथै, यसमा अन्डरसाइड कभर रहेको छ जसले इन्जिनलाई बाह्य क्षति हुनबाट बचाउँछ।

प्रतिक्रिया दिनुहोस्