एभरेष्ट बैंकका शेयरधनीलाई उच्च दरको प्रतिफल



काठमाडौं, (नेस)
एभरेष्ट बैंककोे साझेदार भारतको पञ्जाब नेशनल बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत सुनिल मेहताले काठमाडांैमा रहेका छन्। एभरेष्ट बैंकले राजधानीमा पत्रकार सम्मेलन गरी एभरेष्ट बैंक र पञ्जाव नेशनल बैंकका बारेमा जानकारी दिएको छ। पञ्जाब नेशनल बैंक भारतको दोस्रो ठूलो बैंकको रुपमा स्थापित छ। पञ्जाब नेशनल बैंकको कारोबार १७ दशमलव ३४ लाख करोड रुपियाँ रहेको छ। यसका ७ शाखारहेका छन् भने ९ हजार एटीएम छन्।

एभरेष्ट बैंक २५ वर्ष अघि पञ्जाब नेशनल बैंकसंँग संयुक्त लगानीकर्ता भएको थियो। एभरेष्ट बैंकले हाल ९२ शाखामार्फत १० लाख ग्राहकलाई सेवा दिँदै आएको छ। एभरेष्ट बैंकका अनुसार बैंकले आफ्ना शेयरधनीलाई उच्च दरको प्रतिफल उपलब्ध गराएको छ। लगानीका हिसाबले हेर्दा जुन एक शेयरधनीकोे अहिलेसम्मको लगानी १३ हजार ५ सय पुगेको छ। सो रकम २५ गुणाभन्दा बढी बढेको र सो लगानी गरिएको शेयरको वर्तमान बजार मूल्य ३ लाख ४५ हजार ८ सय हुन आउने बंैकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्