शिवम् सिमेन्टस्कोे शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल



काठमाडौं, (नेस)
शिवम् सिमेन्टस्कोे सञ्चालक समितिको निर्णयअनुसार कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरवालाको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सिद्धार्थ क्यापिटलसँग शेयर रजिष्ट्रारसम्बन्धी सम्झौता भएको छ। सम्झौतामा शिवम् सिमेन्टस् लिमिटेडका तर्फबाट सञ्चालक श्री रोहित गुप्ता तथा शेयर रजिष्ट्रारका तर्फबाट प्रमुख कार्यकारी अधिकृत धु्रव तिमिल्सिनाले हस्ताक्षर गर्नुभएको छ। अब कम्पनीको शेयर रजिष्ट्रारअन्तर्गतको सम्पूर्ण कार्य सिद्धार्थ क्यापिटलमार्फत हुने कम्पनीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्