नेप्सेमा सुधारको संकेत, १६ अंकले बढ्यो



नेपाल समाचारपत्र, काठमाडौं
लगानीकर्तामा आशा पलाउँदा पुँजी बजारमा सुधारको संकेत देखिएको छ । केही समय ‘होल्ड’ गर्न सकेको अवस्थामा नाफा पाउन सक्ने आशामा लगानीकर्ता उत्साहित हुँदा पछिल्ला दिनमा नेप्सेमा सुधार देखिएको हो ।
लगातारको गिरावटबाट पनि ११ सयको बिन्दँभन्दा तल नेप्से नझरेपछि बजारमा सुधारको संकेत देखिएको हो । घटिरहेको बजारमा नयाँ लगानीकर्ताको प्रवेशसँगै पुँजी बजारले गति लिएको हो । यद्यपि, कारोबार रकममा भने अझै खासै सुधार देखिएको छैन ।

साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसँचक १६ दशमलव शँन्य एक बिन्दुले बढेर ११२७ दशमलव ७७ बिन्दुमा पुगेको छ । य

कुल १७४ कम्पनीको ११ लाख ६८ हजार ३०४ कित्ता शेयर २९ करोड ३९ लाख ३८ हजार २०३ रुपियाँबराबरमा खरिद बिक्री भएको नेप्सेले जनाएको छ । बिहीबार उत्पादन समँहबाहेक सबै उपसमँह बढेका छन् । उत्पादन उपसमँह शेयर १८ दशमलव ६९ बिन्दुले घटेको छ ।

यसैगरी बैंकिङ उपसमँह १३ दशमलव ९२, होटल उपसमँह शँन्य दशमलव चार, विकास बैंक उपसमँह १७ दशमलव ९१, जलविद्युत् उपसमँह १७ दशमलव शँन्य चार, वित्त उपसमँह चार दशमलव ४१, निर्जीवन बीमा उपसमँह १०५ दशमलव २४, अन्य उपसमँह पाँच दशमलव ७३, लघुवित्त उपसमँह २२ दशमलव ११ र जीवन बीमा उपसमँह १५९ दशमलव ३२ बिन्दुले बढेको छ ।

यस दिन कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको अगाडि रहेको छ । यस कम्पनीको १ करोड ९९ लाख २७ हजार १९० रुपियाँको शेयर कारोबार भएको छ । त्यस्तै नेपाल क्रेडिट एन्ड कमर्सियल बैंकको १ करोड २८ लाख २८ हजार ५२६, माथिल्लो तामाकोसी जलविद्युत् कम्पनी १ करोड सात लाख ६४ हजार ५३८, प्रभु बैंकको १ करोड ४ लाख ६७ हजार ५३५ रुपियाँ बराबरको शेयर कारोबार भएको छ ।

समग्र परिसँचक बढेको दिन पँर्णिमा विकास बैंकका लगानीकर्ताले सबैभन्दा बढस् कमाएका छन् । उक्त कम्पनीको शेयर मँल्य ९ दशमलव ९४ प्रतिशतले वृद्धि भएको छ । यस्तै राधी विद्युत् कम्पनीको शेयर मँल्य ८ दशमलव ९२, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था ८ दशमलव शँन्य नौ प्रतिशतले वृद्धि भएको छ ।

बिहीबार नेशनल हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ८ दशमलव शँन्य ६ प्रतिशतले कमाएका छन् । तर, घलेम्दी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ४ दशमलव ६७, सेन्ट्रल फाइनान्स कम्पनी ४ दशमलव ४६, कञ्चन डेभलपमेन्ट बैंक ३ दशमलव ८२ र सानिमा इक्विटी फण्डका लगानीकर्ताले १ दशमलव ९८ प्रतिशतले गुमाएको नेप्सेले जनाएको छ । यस दिन ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसँचक पनि तीन दशमलव ४३ बिन्दुले बढेर २३९ दशमलव ७२ बिन्दुमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्