फेसबुकका संस्थापक जुकर्वर्गको सम्पत्ति घट्यो



वासिंगटन,(एजेन्सी)
विश्वभरि लोकप्रिय सामाजिक संजाल फेसुबुकका संस्थापक मार्क जुकर्वर्गको कूल सम्पक्ति विगत वर्षको तुलनामा अहिले घटेर ८ दशमलव ७ अर्व अमेरिकी डलरमा सिमित हुन पुगेको फोर्वेस पत्रिकाद्वार हाल ैतयार पारिएको विश्वका अर्वपतिहरुको सुचिमा उल्लेख गरिएको छ ।

हाल गोपनियताको काण्डसंग संघर्षरत फेसबुकमा रहेको उनको सेयरको एक समय मुल्यमा एक तिहाइले गिरावट आएको थियो । यस वर्ष विश्वभरिका अर्वपतिहरुको कूल सम्पत्ति पनि गतवर्षको तुलनामा ९ दशमलव १ खर्वबाट खुम्चेर ८ दशमलव ७ खर्व डलरमा सिमित हुन पुगेको छ ।

तर एमेजोनका संस्थापक जेफ बेजोस कूल १ सय ३१ अर्व डलर सम्पत्ति सहित सो सुचिको शिर्ष स्थानमा रहन सपल भएक छन् । सन् २०१८ को तुलनामा उनको सम्पत्तिमा १९ अर्व डलर थपिएको छ । साथै विल गेटसको सम्पत्ति पनि वृद्धि भएर यसवर्ष ९६ दशमलव ५ अर्व डलर पुगेको छ । उनको सम्पत्ति गत वर्ष ९० अर्व डलर रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्